तस्करीको समान नियन्त्रणमा लिएपछि प्रहरीमाथि आक्रमण, दुई सशस्त्र प्रहरी र एक स्थानीय घाइते
बाँकेको नेपालगञ्जमा तस्करीको सामान नियन्त्रणमा लिएपछि प्रहरीमाथि आक्रमण भएको छ।
Advertisement 1
बागेश्वरी गण बाँकेबाट खटिएको सशस्त्र प्रहरीको टोलीले बिहीबार राति ९:३० बजे चौलिका चोकबाट चोरीपैठारीका विभिन्न सामान बरामद गरेको थियो। हार्डवयरका ती सामानको पूरा भन्सार तिरेको नपाइएपछि प्रहरीले सामान नियन्त्रणमा लिएको थियो। तर भन्सार छलीका ती सामान फिर्ता पाउनु पर्छ भनी ल्याउने करिब १ सयदेखि १२० जनाव्यक्तिहरू र स्थानीय बासिन्दासमेतले हुलहुज्जत गरी सामान खोसेर फिर्ता लैजान खोजेका थिए।
तनावको अवस्था सिर्जना भएपपछि बागेश्वरी गण, प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह र बीओपी जयसपुरबाट खटिएको ७१ जनाको सुरक्षा फौजले उनीहरूलाई सम्झाइ बुझाइ पठाएको थियो। तर रातको १०:३० बजे तस्करीको सामान ल्याउने व्यक्तिहरू उक्त स्थानमा आई ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण गरेका थिए।
Advertisement 2
तस्करीको सामानन ल्याउनेहरूले एक्कासी ढुंगामुढा प्रहार गरेपछि सशस्त्र प्रहरी सहायक हवल्दार वेदप्रसाद पौडेल र सशस्त्र प्रहरी जवान गणेश बुढा घाइते भएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनका अनुसार सोही उपमहानगरपालिका १४ बस्ने स्थानीय १८ वर्षीय जहित हसमित पनि सामान्य घाइते भएका छन्।
आक्रमणबाट ना १ झ ५७४ नम्बरको गाडीमा क्षति पुग्नुको साथै केही साधनहरूमा समेत क्षति पुगेको जानकारी डीएसपी थापाले दिएका छन्।
Advertisement 3
प्रहरीले बरामद गरेका भन्सार छलीका हार्डवेयरका सामान, चामल र चिनी स्थानीय भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको छ।