प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग दर्ता, ९८ सांसदको हस्ताक्षर

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ। बिहान ११ बजेर १० मिनेट जाँदा संसदमा प्रधानन्यायधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको हो । संसद सचिवालयका अनुसार काँग्रेसको पुष्पा भुषाल,माओवादी केन्द्रका देब गुरुङ र नेकपा समाजवादीका जीवनराम श्रेष्ठ प्रस्तावक र डा मिनेन्द्र रिाजलसहितका ९८ सांसद समर्थनमा महाअभियोग प्रस्ताव दर्ता भएको छ ।

Advertisement 1

संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायधीश निस्क्रिय भूमिकामा पुग्नेछन । बरिष्ठ न्यायधीशहरुमध्येबाट दीपककुमार कार्कीलाई कामु प्रधानन्यायधीश बन्ने बाटो खुल्नेछ । माओवादी केन्द्रका संसदीय दलका प्रमुुख सचेतक देव गुरुङले प्रधानन्यायाधीशविरुद्ध आइतबार संसद् सचिवालयमा महाअभियोग दर्ता भएको जानकारी दिए ।

 

प्रकाशित :२०७८ फाल्गुन १, आईतवार ११:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry