अब कार्यालय समयमा गोष्ठी र एनजिओका कार्यक्रममा जान नपाइने

 

Advertisement 1

मुख्य सचिव बैकुण्ठ अर्यालले सह सचिव,सचिव तहका कर्मचारीहरुलाई कार्यलय समयमा एनजिओका कार्यक्रम तथा गोष्ठीमा सहभागी हुन कडाई गर्न निर्देशन दिनुभएको छ ।
सोमबार मुख्य सचिवको अध्यक्षतामा बसेको बैठकले सचिव र सहसचिवहरुहरुलाई यस्तो निर्देशन दिइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका झण्डै तीन घण्टा चलेको बैठकमा सबै मन्त्रालयका सचिवहरुको उपस्थिती थियो ।
सो बैठकमा मुख्य सचिव अर्यालले कार्यालय समयमा कार्यकक्षमा सचिव,सहसचिवहरु नभेटिने गरेको गुनासो चुलिएपछि यसमा कडाई गरिएको हो ।

बैठकमा सहभागी एक सचिवका अनुसार,अब कार्यालय समयमा विभिन्न खालका गोष्ठी सेमिनार तथा एनजिओ, आइएनजिओको कार्यक्रममा जान पाइने छैन । मुख्यसचिवज्यूबाट त्यही ढंगले निर्देशन आएको छ,उनले भने ।

Advertisement 2

मुख्यसचिव अर्यालको अध्यक्षतामा बसेको सचिव बैठकले सचिव तथा सहसचिवलाई कार्यालय समयमा विभिन्न गोष्ठी, सेमिनार तथा एनजिओ आइएनजिओको कार्यक्रममा जान निषेध गर्ने निर्णय गरेको छ ।
यस्का अलवा अस्तिको बैठकले खारेजी गर्नुपर्ने निकायको अध्ययन गरि त्यसको अभिलेखीकरण गरि तत्काल खारेजी प्रक्रिया अघि बढाउने निर्णय समेत सचिव बैठकले गरेको छ । यसैगरि सो बैठकले प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुम मार्फत गरिने अनुगमनलाई अझै प्रभावकारी र व्यवस्थित बनाउने, हरेक मन्त्रालय र निकायको कार्यप्रणालीलाई सरल बनाउने निर्णय गरिएको छ ।

 

प्रकाशित :२०८० भाद्र ६, बुधबार ०६:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry