उपमेयर रेनुको रौद्र रुप :- आफन्तलाई ठेक्का नपर्दा कर्मचारीमाथि गाली गलौच,हातपात

स्थानीय तहका कार्यरत कर्मचारीहरु दिन प्रतिदिन दुर्व्यवहारको शिकार हुने क्रम बढ्दो छ । ठेकेदार,उपभोक्ता समितिदेखि जनप्रतिनिधिसम्मबाट गाउँ घरका सिंहदरबारमा खटिएका कर्मचारीहरु दिन प्रति दिन दुर्व्यवहारको भोग्दै छन् ।
यस्तै घटना घटेको छ मधेश प्रदेशको महोत्तरीमा । सो जिल्लाको गौशाला नगरपालिकाको उपमेयर रेनुकुमारी महतोले आफ्नै कर्मचारीमाथि दुर्व्यवहार गरेपछि कर्मचारीहरु फायर भएका छन् ।
उपमेयर महतोले राजश्व शाखामा कार्यरत पाँचौं तहका कर्मचारी दिपेन्द्र यादवलाई हात पात गर्नुका साथैं ज्यान मार्ने धम्की समेत दिएको भन्दै कर्मचारीहरु आपत्ति जनाएका छन् ।

Advertisement 1

उपमेयरले कर्मचारीलाई कुटपिट गर्नुपर्ने कारण चाहिँ ठेक्काको विषय रहेको बताइन्छ । आफन्तलाई ठेक्का नपारिदिएपछि असन्तुष्ट बनेकी उपमेयर महतोले यादवकै कार्यकक्षमा पुगेर हातपात गरेको बताइएको छ । उपमेयरले कर्मचारीमाथि दुर्व्यवहार गरेसँगै नगरपालिकाको कार्यवातावरण तनावग्रस्त बन्न पुगेको छ ।

टेण्डरमार्फत् वार्षिक एक करोड ५५ लाख रुपैयाँको ठेक्का आदर्श कन्स्ट्रक्सनलाई दिइएको छ । हिजो मात्र ठेक्काको विषय टुंगिएको थियो । स्रोतका अनुसार उनले केही दिनदेखि दिपेन्द्रसँग ठेक्काको फाइल मागिरहेकी थिइन् । तर, दिपेन्द्रले सबै डकुमेण्ट आइनसकेको भन्दै फाइल हस्तान्तरणमा आनाकानी गरे । आफ्नो निर्देशन नमानेको आरोप लगाउँदै उनले नगरपालिकाभित्रै कर्मचारीमाथि हातापात गरेकी हुन् ।

Advertisement 2

यता, उपमेयर महतोले आफूमाथि लगाएको आरोप अस्वीकार गरेकी छन् । दिपेन्द्रमाथि आफूले हातपात नगरेको उनको दाबी छ । नेकपा माओवादी केन्द्रबाट टिकट नपाएपछि जनता समाजवादी पार्टी प्रवेश गरेकी उनीमाथि यसअघि पनि कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

Advertisement 3

कर्मचारीहरु मिलेर उनको कार्यशैलीको प्रतिवाद गर्ने तयारी थालेका छन् । कर्मचारीहरुले उपमेयरको कार्यशैलीप्रति विरोध जनाउँदै दोषीमाथि कारवाही नभएसम्म कामकाज ठप्प पार्ने जनाएका छन् ।

प्रकाशित :२०८० श्रावण ३०, मंगलवार १०:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry