एकजुट भई विपत्तिको सामना गरौँः उपराष्ट्रपति यादव

काठमाडौं। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले रसुवाको भोटेकोशीमा यही भदौ १० गते बुधबार आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

Advertisement 1

उनले आज विज्ञप्तिमार्फत यस विपत्तिमा अकालमै ज्यान गुमाएका नेपाली नागरिक, विदेशी पर्यटक तथा तीर्थयात्रीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गरेका छन्।

उपराष्ट्रपति यादवले विपत्तिमा परेकाहरूको उद्धार, बेपत्ता भएकाहरूको खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरूको यथोचित उपचारका लागि सबैमा आग्रह गरेका छन्।

Advertisement 2

“बाढीबाट प्रभावितहरूको उद्धार र सहयोगका लागि सरकार र सुरक्षाकर्मीहरू सक्रियताका साथ लागि परेका छन्। यस कठिन घडीमा सम्पूर्ण नेपालीहरू एकजुट भई अकल्पनीय विपत्तिको सामना गर्न र आ–आफ्नो स्तरबाट हरसम्भव सहयोग गर्न आग्रह गर्दछु”, उनले उल्लेख गरेका छन्।

यस कठिन घडीमा सम्पूर्ण नेपालीहरू एकजुट भई विपत्तिको सामना गर्न र आ–आफ्नो स्तरबाट सहयोग गर्न आग्रह गर्दै उपराष्ट्रपति यादव एक–अर्काको सहारा र सहयोगी बन्नु नै सामूहिक कर्तव्य भएको उल्लेख गरेका छन्।

प्रकाशित :२०८३ भाद्र ११, बिहीबार १५:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry