बैंकिङ्ग कसूर विधेयक स्वीकृतदेखि अधिकृतस्तर ७१५ अस्थायी दरबन्दी थपसम्म : यी हुन क्याविनेटका १८ निर्णय
२०८० साउन २३ गते बसेको मन्त्रिपरिषद बैठकका विभिन्न १८ वटा निर्णयहरु गरेको छ । जसमा कर्णाली प्रदेशका मुख्यमन्त्री श्री राजकुमार शर्मालाई स्वीट्जरल्याण्डको जुरिचमा २०८० भदौ १५ देखि १६ गतेसम्म आयोजना हुने लगानी सहकार्य विषयक कार्यक्रममा सहभागी हुन स्वीकृति प्रदान गर्ने देखि उद्योग मन्त्री रमेश रिजाललाई भदौं ५ र ६ गते बैंकक भ्रमणको स्वीकृत दिने निर्णय गरेको छ । यस्तै । ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय भएको क्याविनेटले गरेको छ । यस्तै अमन चौधरी (अग्रवाल) ले झुट्टो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय, पर्साबाट मिति २०७७ मंसिर २५ मा प्राप्त गरेको वंशजको आधारको नेपाली नागरिकताको प्रमाणपत्र नेपाल नागरिकता ऐन, २०६३ को दफा १४ (१) बमोजिम रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने र संलग्न व्यक्तिहरुलाई सोही ऐनको दफा २१ बमोजिम कारबाही गर्ने लगायतका निर्णयहरु गरेको छ ।
Advertisement 1
सरकारले एकै पटक ७१५ अस्थायी दरबन्दी स्वीकृत गरेको छ । हिजो बसेको क्याविनेट बैठकले श्रम मन्त्रालय अन्तरगतका दुई निकायका लागि अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।
जसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका लागि आवश्यक पर्ने राजपत्राङ्कित अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको बताइएको छ ।