मनोहरा खोलाको बीच भागमा अड्किएका राईको सकुशल उद्वार
अविरल वर्षाको कारण भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका ९ र काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका ७ जोड्ने मनोहराखोला पुलको बीच भागमा अड्किएका एक व्यक्तिको साउन २३ गते सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।
Advertisement 1
खोटाङ्ग जिल्लाको बतासे गाउँपालिका १ बस्ने ५१ वर्षिय किरण राई सो खोलामा आएको बाढीको कारण पुलको बीच भागमा रहेको पिल्लर माथिको स्ल्यावमा अड्किएका थिए । नं.२२ गुहेश्वरी गण भक्तपुरबाट विपद् उद्वार सामाग्रीसहित खटिएको टोलीले उनको सकुशल उद्वार गरेको हो ।
प्रकाशित :२०८० श्रावण २४, बुधबार ०८:५८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%