वीर अस्पतालमा स्वास्थ्यमन्त्रीको छड्के, बेड र कर्मचारी अभाव

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले वीर अस्पतालमा छड्के अनुगमन गरेका छन्। बुधबार दिउँसो मन्त्रीसहित सचिव डा. रोशन पोखरेललगायत कर्मचारी अनुगमनमा सहभागी थिए।

Advertisement 1

मन्त्री प्रदीपले वीर अस्पतालको नयाँ भवनदेखि पुरानो भवनको अवलोकन गरे। त्यसपछि नजिकै रहेको राष्ट्रिय ट्रमा सेन्टरको समेत अवस्था बुझेका थिए।

करिब ३ घण्टाको अनुगमनमा मन्त्री यादवले प्रत्यक्षरुपमा बिरामीलाई भेटेर अवस्थाबारे जानकारी लिएका थिए। अस्पतालको अकस्मात कक्ष, ओपिटीमा सबैभन्दा बढी समस्या देखापरेको मन्त्री यादवले बताए। ‘देशभरकै बिरामीको उपचारको केन्द्र रहेको अस्पताल व्यवस्थित हुनुपर्छ,’ उनले भने, ‘कतिपय कक्ष तथा सेवा व्यवस्थित नहुँदा बिरामीले दुःख पाउनुभएको छ। मुख्यतया जनशक्तिको अभाव देखिएको छ, यसले व्यवस्थापनमा समस्या देखिएको हो।’

Advertisement 2

मन्त्री यादवले अस्पतालको सेवा थप प्रभावकारी बनाउन जनशक्तिको व्यवस्थापन तुरुन्तै गरिने बताए। शय्या अभावका कारण एउटै शय्यामा महिला र पुरुष राखेर उपचार गरेको समेत भेटिएको थियो। मन्त्री यादवले औषधि पसलको लाइन व्यवस्थापन गर्न तुरुन्तै टोकन सिस्टम ल्याउन अस्पतालका उपकुलपति डा. भूपेन्द्र बस्नेतलाई निर्देशन दिए।

त्यस्तै, सर्वसाधारणले स्वास्थ्य बीमामार्फत औषधि नपाएको गुनासो गरे। डा. भूपेन्द्रले अनुगमनकै क्रममा सर्वसाधारणमाँझ औषधि अभाव भएको स्वीकार गर्दै औषधि ल्याउने प्रक्रियामा रहेको र दुई साताभित्र स्वास्थ्य बीमाको औषधि आइपुग्ने जानकारी दिए।

प्रकाशित :२०८१ जेष्ठ ९, बुधबार १६:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry