पर्यटन र राजश्वमा लाङटाङ राष्ट्रिय निकुञ्जको योगदान

रसुवा जिल्लालाई नेपालकै तेश्रो पर्यटकीय गन्तव्य मानिन्छ । भूकम्प,कोभिड पछि थिलथिलो भएको पर्यटन क्षेत्रले बिस्तारै लय समात्दै छ । पर्यटकको आगमनमा वृद्धि भएसँगै स्वभाविकै हो,राजश्व पनि बढी उठ्न थालेको । पछिल्लो समयमा लारानिले ३ करोड १७ लाख १५ हजार ७ सय ११ रुपैयाँ राजस्व संकलन गरेको छ । निकुन्जका अनुसार हाल दैनिक दुई सयभन्दा बढी पर्यटक आइरहेका छन् । जसमा फ्रान्स, जर्मन, स्पेन, रसिया, डेनमार्क, अमेरिकालगायतका मुलुकमा पर्यटकहरु रहेका छन । लारानिका अनुसार,२०७५/ ०७६ मा १७ हजार ६ सय ९१ पर्यटक भित्रदा ५ करोड ७२ लाख ९८ हजार ४ सय ३७ रुपैयाँ राजस्व संकलन भएकोमा ०७६/०७७ मा २० हजार १ सय ५९ पर्यटकबाट ३ करोड १९ लाख ४८ हजार ४ सय १ रुपैयाँ राजस्व संकलन भएको थियो । यस्तै ०७७/०७८ मा ४ हजार ६ सय ४९ पर्यटक रसुवा भित्रदा ६० लाख ३० हजार ६ सय ६७ रुपैयाँ राजस्वमात्र संकलन गर्न सकेकोमा गत आर्थिक बर्षमा १७ हजार ६ सय ८८ जना आएका छन् भने पर्यटकबाट १ करोड ७५ लाख २३ हजार ६ सय १४ रुपैयाँ राजस्व संकलन गरेको हो । लाङटाङ राष्ट्रिय निकुञ्जमा साउन देखि जेष्ठ मसान्त सम्ममा नेपाली १९ हजार १ सय २३, सार्क मुलुकबाट ३ सय ८६ र अन्य मुलुकबाट ७ हजार ७ सय १० जना गरी २७ हजार २ सय १९ जना आएका छन् । त्यस्तै राजश्वमा यो बर्ष अगिल्लो बर्षको तुलनामा २ गुणा राजश्व संकलन गरेको छ । अगिल्लो बर्ष १७ हजार ६ सय ८८ जना आएका थिए भने यो बर्ष २७ हजार २ सय १९ जना आएका छन् त्यस्तै अगिल्लो बर्ष पर्यटकबाट १ करोड ७५ लाख २३ हजार ६ सय १४ रुपैयाँ राजस्व संकलन गरेको थियो भने यो बर्ष ३ करोड १७ लाख १५ हजार ७ सय ११ रुपैयाँ राजस्व संकलन गरेको छ । जसमा वन पैदारी बिक्रीबाट १४ लाख १५ हजार ९ सय ७५ रुपौंया, काठ दाउरा बिक्री बापत ७ लाख ३९ हजार ७४ रुपौंया, गैर काठ वन पैदारी बिक्री बापत ६ लाख ७६ हजार ९ सय रुपौंया, पर्याटनबाट २ करोड ६३ लाख ४ हजार ८ सय ९७ रुपैंया, दण्ड सजायबाट १ लाख ५५ हजार ४ सय ५७ रुपैंया र अन्य शिर्षकबाट ३८ लाख ३९ हजार ३ सय ८२ रुपैंया राजश्व संकलन गरेको छ ।

Advertisement 1

लाङटाङ राष्ट्रिय निकुञ्ज र सम्भवना
लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र एक हजारभन्दा बढी प्रजातिका वनस्पतिहरु पाइन्छ । यस्का अलवा दूर्लभ रेड पाण्डा पनि यहीँ भेट्न सकिन्छ । स्तनधारी ४६, पंछी ३८०, सरिसृप ११, माछा ४०, माकुरा १०, पुतली ५८, २१ प्रकारका रैथाने वन्यजन्तु तथा वनस्पती पाइन्छ । लाङटाङ उपत्यका, क्यान्जिङ उपत्यका, गोसाईकुण्ड र यसका ताल श्रृंखला, दोर्जे लाक्पा पास, जुगल हिमाल बेसक्याम्प, मेलम्चीघ्याङ, हेलम्बु, तार्केघ्याङ, ह्योल्मो आमायाङ्ग्री, शेर्माथाङ, घ्याङफेदी, पाँच पोखरी, दुप्चेश्वरी आदि निकुञ्जभित्रका प्रमुख पर्यटकीय आकर्षणका गन्तव्यहरु हुन् । निकुञ्जले सार्क मुलुकका पर्यटकबाट एक हजार पाँच सय, विदेशी पर्यटकबाट तीन हजार र स्वदेशी पर्यटकबाट सय रुपैयाँ शुल्क लिने गरिएको छ । लाङटाङ क्षेत्र घुम्न आउने सार्क मुलुकलगायत अन्य देशका पर्यटकमा अस्ट्रेलिया, क्यानडा, इजरायल, फ्रान्स, जर्मन, जापान, अमेरिका, कोरिया, बेलायतलगायत राष्ट्रका छन् । काठमाडौंबाट छोटो र सजिलो पदमार्ग भएकाले पनि लाङटाङ क्षेत्रमा स्वदेशी र विदेशी पर्यटकको घुइँचो लाग्ने गरेको छ । पर्यटकका लागि घुम्न रसुवामा तीनवटा पदमार्ग रहेको छ । धुन्चे, गोसाइँकुण्ड हुँदै सिन्धुपाल्चोकको हेलम्बु, स्याफ्रुबेँसी हुँदै लाङटाङ र तामाङ सम्पदा मार्गको स्याफ्रुबेँसीदेखि गोल्जुङ, गत्लाङ, चिलिमे, थुमन, टिमुरे, वृदिम हुँदै स्याफ्रुबेँसीसम्मको पदमार्ग रहेको छ । नेपालको तेस्रो ठूलो पर्यटकीय गन्तव्य मानिएको लाङटाङ क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएको छ । भूकम्पपछि असामान्य भएको स्थानीयवासीको दैनिकी पनि अहिले पुरानो अवस्थामा फर्किएसँगै पर्यटनको प्रवद्र्धनमा केन्द्रित हुँदै गएको छ । भूकम्पअघि वार्षिक १५ हजार पर्यटकले अवलोकन गर्ने लाङटाङ क्षेत्रमा अहिले पर्यटकहरूको आवागमन बढ्न थालेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जमा आएका पर्यटकमध्ये करिब ९० प्रतिशत पर्यटक लाङटाङ पुग्ने गरेका छन् ।

प्रकाशित :२०८० असार १७, आईतवार १२:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry