कसले बाजी मार्लान् अब सशस्त्रमा

सशस्त्र प्रहरी बलमा नयाँ दरबन्दी थप भएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालयले गरेको प्रस्तावलाई पारित गर्दै मन्त्रिपरिषद् बैठकले नयाँ दरबन्दी सिर्जना गरेको हो।
Advertisement 1
गृह मन्त्रालयको अनुसार सशस्त्र प्रहरीमा साधारण समूहतर्फ १७५ नयाँ दरबन्दी थप भएको छ। जसअनुसार सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा १२ वटा नयाँ दरबन्दी थप गरिएको छ। सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा ४३, सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मा ३१, सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा ४२ र सिनियर सशस्त्र प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) मा ४८ दरबन्दी थप गरिएको छ।
जसमध्य राजेश उप्रेती, गंगाराम श्रेष्ठ, भरत खनियाँ, ध्रुवबहादुर काकी, रमेशकुमार पाण्डे, तिर्थराज पौडेल, रविनराज कर्णजित, वीरसिंह साहू, जनक पुरी, नेत्रबहादुर कार्की, सूर्यबहादुर सेन ओली, तेजप्रसाद पोखरेल, यादव विश्वकर्मा, विकास घिमिरे, टोपबहादुर खनाल, नरेन्द्र बम, जहरसिंह बुढामगर र वीरेन्द्र ऐर रहेका छन् । यी सबै सिस नम्बर २ का अधिकृत हुन् । यी १९ जनामध्ये १२ जनाको थपिएको दरवन्दीमा बढुवा हुनेछन् ।
Advertisement 2