सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्ध अन्तरराष्ट्रिय दिवस पनि आजै

काठमाडौं। पुराना मूर्तिकला, चित्रकला, हस्तकला, ऐतिहासिक स्थल र अन्य सांस्कृतिक सम्पत्तिको चोरी तथा अवैध तस्करी रोक्न चेतना फैलाउने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै छ।
Advertisement 1
संयुक्त राष्ट्रसङ्घको आह्वानमा ५ वर्षअघिदेखि यस दिनलाई अन्तरराष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो। राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृति सङ्गठन (युनेस्को)ले नेपालजस्तो सांस्कृतिक धरोहरले समृद्ध देशका, काठमाडौँ, भक्तपुर, ललितपुरलगायत स्थानका पुराना मन्दिर, मूर्तिकला र ऐतिहासिक भवनहरूको संरक्षणमा जोड दिएको छ। यस्ता सम्पदाको संरक्षणमा पुरातत्व विभाग क्रियाशील छ।
पुरातात्विक विशेषज्ञहरूका अनुसार सांस्कृतिक सम्पत्ति केवल पुरानो वस्तु नभई राष्ट्रिय पहिचान र इतिहासको अभिन्न अङ्ग हो। त्यसैले यसको सुरक्षा र संरक्षण सबैको जिम्मेवारी हो।










