सशस्त्रको ३७ हजार १५३ दरबन्दी स्वीकृत,अब कहाँ कति खटिन्छन् ?

सरकारले सशस्त्र प्रहरी बल नेपालको संगठनात्मक र दरबन्दी संरचना परिवर्तन गरेको छ । गत ३ साउनको मन्त्रिपरिद्ले सशस्त्र प्रहरी बलको संगठन तथा व्यवस्थापन तथा सर्वेक्षण (ओएण्डएम) प्रतिवेदन २०८० स्वीकृत गरेसँगै अब सशस्त्रको कूल दरबन्दी ३७ हजार १५३ रहने भएको हो ।

Advertisement 1

स्थापना कालदेखि नै ठूलो संख्यामा जवान, सहायक निरीक्षक र सशस्त्र प्रहरी निरीक्षक भर्ना गरिएकोमा त्यसपछिका दिनमा माथिल्लो दरबन्दी संरचना पुनरावलोकन नहुँदा बढुवा प्रक्रिया लगभग ठप्पै थियो । एउटै पदमा १५ वर्षसम्म अल्झिनु पर्दा उनीहरुमा चरम निराशा र संगठनप्रति नै वितृष्णा पैदा हुँदै गएको थियो ।

सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले यही समस्या समाधान गर्न संगठन तथा व्यवस्थापन तथा सर्वेक्षण (ओएण्डएम) प्रतिवेदन २०८० सरकारबाट स्वीकृत गराउन सफल भएसँगै उनीहरुको समस्या सामाधान हुने प्रवल सम्भवना रहेको छ ।

Advertisement 2

स्वीकृत नयाँ दरबन्दी अनुसार,महानिरीक्षक एक जना, अतिरिक्त महानिरीक्षक तीन,नायव महानिरीक्षक १८ जना हुनेछन् । नायव महानिरीक्षकमध्ये दुई जना प्राविधिक छन् । एक जना सञ्चार तथा इञ्जिनियरिङ र अर्का स्वास्थ्यतर्फका रहनेछन ।यस्तै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको दरबन्दी ४२,उपरीक्षक १६७, नायव उपरीक्षक ४८८ र इन्सपेक्टरको संख्या ११ सय ४९ जना कायम भएको छ । त्यसैगरी, वरिष्ठ नायव निरीक्षक १०६, नायव निरीक्षक १३ सय ८८, सहायक निरीक्षक १६ सय ३१, वरिष्ठ हवल्दार २७ सय ६४, हवल्दार ५४ सय २३, सहायक हवल्दार ८१ सय ७७, जवान १३ हजार ८१३ र रिक्रुट १९ सय ८३ जना गरी ३७ हजार १५३ जनाको दरबन्दी स्वीकृत भएको छ ।

महानिरीक्षकको सचिवालयमा ७४ जना खटिनेछन् । जसमा नायव महानिरीक्षक र वरिष्ठ उपरीक्षक एक एक जना हुनेछन् । सबैभन्दा धेरै जवान १२ जना रहनेगरी दरबन्दी बनाइएको छ ।

Advertisement 3

सुरक्षा परिषद्को सचिवालयमा ६ जना, मानवस्रोत विभागमा ५५२ जना, कार्य विभागमा ४४५ जना र सीमा सुरक्षा विभागको निम्ति ८५ जनाको दरबन्दी स्वीकृत भएको छ । त्यस्तै प्रशिक्षण प्रतिष्ठानमा १८७, कमाण्ड तथा स्टाफ कलेज, काठमाडौंमा ९५, इन्टेलिजेन्स ब्यूरोमा ५४, एपीएफ अस्पतालमा २८७, आर्थिक प्रशासन महाशाखामा २८ जना रहनेगरी दरबन्दी कायम भएको छ ।

स्वीकृत दरबन्दीअनुसार प्रबन्ध महाशाखामा १४, भण्डार महाशाखामा १४, बाहिनी मुख्यालय आठ वटामा १७२, तालिम शिक्षालयहरु ककनी, कुरिनटार र नौबस्तामा गरेर १७८,हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, पोखरामा १७८, सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा १७८, तालिम शिक्षालयहरु पाथिभरा, दन्तकाली सप्तरी, मनाङ, टिकापुरमा १२८ जनाको दरबन्दी राखिएको छ ।

नेपाल प्राविधिक तालिम शिक्षालय काठमाडौंमा ११७, खेलकुद तथा शारीरिक सुगठन शिक्षालयमा ४६५, ४४ वटै गण हेडक्वार्टरमा ६१८, गुल्म हेडक्वार्टरहरु २७ वटामा १६० र मद्दती तथा सेवा गुल्महरु आठ वटामा ३९ जना खटिनेछन् ।

सशस्त्रमा साधारण समूहको साधारण उपसमूहमा ३६ हजार ६३ जनाको दरबन्दी कायम भएको छ । त्यसैगरी सोही समूहको लेखा उपसमूहमा २०१, कानुन उपसमूहमा १४, प्राविधिक समूहको सञ्चार तथा इञ्जिनियरिङतर्फ ५८८, प्राविधिक समूहको स्वास्थ्यतर्फ २८७ जना रहने जनाइएको छ ।

प्रकाशित :२०८० श्रावण ११, बिहीबार ०६:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry