अधिकृतका व्यवहारले व्युटिसियनहरु आगो

अध्यागमन विभागमा कार्यरत शाखा अधिकृत बन्दना कर्ण विरुद्ध व्युटीसियन व्यवसायीहरु आक्रोशित भएका छन् । सेवा लिनका लागि चावहिलस्थित  फेसियल हाउसमा सेवा लिन पुगेकी कर्णले  पेशा तथा व्यवसायमाथि नै आँच आउने गम्भीर आरोप लगाएको भन्दै संघको आक्रोशित भएका हुन ।

Advertisement 1

शाखा अधिकृत कर्णले फेसियल हाउसमा राखिएको सिसी क्यामेराले आफ्नो व्यक्तिगत गोपनियतामाथि आँच आएको भनी महानगरीय प्रहरी बृत गौशलामा उजुरी दिएको र उक्त उजुरीमा आवश्यक अनुसन्धान भई सहमति भइसकेको विज्ञप्तिमा भनिएको छ । सहमतिपछि पनि शाखा अधिकृत कर्णले आफ्नो पदीय दुरूपयोग गरी प्रहरी प्रशासनलाई प्रभावमा पारेर सुष्मा महरालाई फेरी झुठा मुद्दा लगाउन जोडबल गरिरहेको महासंघको आरोप छ ।

शाखा अधिकृत कर्णले सुनियोजित रूपमा दुःख, हैरानी दिई पेशा तथा व्यवसाय नै बन्द गराउनका लागि राज्य शक्तिको दुरूपयोग गरेको संघको आरोप छ । संघले शाखा अधिकृत कर्णको यस्तो कार्य अविलम्ब रोकी उनलाई कारबाहीको माग गरेको छ ।

Advertisement 2

नेपाल ब्युटिसियन संघ शाखा अधिकृत कर्णको उक्त कार्यविरुद्ध मंगलबारबाट चरणबद्ध आन्दोलनमा उत्रिने भएको छ । भोलि विहान ११ बजे संघले माईतीघर मण्डलामा विरोध तथा धर्ना कार्यक्रम राखेको निवर्तमान अध्यक्ष खड्काले बताईन् ।

प्रकाशित :२०८० श्रावण ९, मंगलवार १०:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry