ललितपुरमा भारती र पोखरामा थापा

सरकारले एकै पटक २६ जना सहसचिवहरुो सरुवा गरेको छ । जसमा दुई वटा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेरफेर भएको छ ।

Advertisement 1

पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका सहसचिव विरेन्द्रदेवी भारतीलाई ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने उनको ठाँउमा कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामकृष्ण थापालाई जिम्मेवारी दिएको छ ।

ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका सहसचिव गणेश अर्याललको गृह मन्त्रालय अन्तरगत सरुवा भएको छ ।

Advertisement 2

 

प्रकाशित :२०८० श्रावण ८, सोमबार १४:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry