दुई सचिवको सरुवा,२ को पदस्थापन

सरकारले दुई जना सचिवको सरुवा र दुई सचिवको पदस्थापन गरेको छ । बुधबार बसेको क्याविनेट बैंठकले मुकुन्द निरौला र रविलाल पन्थको सरुवा गरेको हो । यस्तै हालै सचिवका उक्लिएका घनश्याम उपाध्याय र लक्ष्मी बस्नेतलाई पदस्थापन गरेको छ ।

Advertisement 1

गण्डकी प्रदेशको प्रमुख सचिवका रुपमा रहेका रविलाल पन्थलाई तथ्यांक विभागमा तानेर त्यहाँ लक्ष्मी बस्नेतलाई खटाइएको छ भने बाग्मती प्रदेशका प्रमुख सचिव मुकुन्द निरौलालाई उद्योग मन्त्रालयमा तानेर त्यहाँ घनश्याम उपाध्यायलाई पठाइएको छ ।

यसरी प्रदेशका दुई प्रमुख सचिवलाई संघमा तानेर दुई सचिवको पदस्थापन गर्दा अझैं दुई वटा प्रदेश अझैं प्रमुख सचिवविहन रहेको छ । लुम्बिनी प्रदेश र मधेश प्रदेश भने प्रमुख सचिवविहिन छ ।

प्रकाशित :२०८० श्रावण ४, बिहीबार १२:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry