कमसल राशन, ब्यारेकमा शासन

नेपाली सेना तथा सशस्त्र प्रहरीमा राशनलाई लिएर आइरहने विवाद नौलो होइन । तर, पटक(पटक यस्ता विषय उठान भए पनि सुधारको लक्षण भने देखिदैन । सरकारले उपलब्ध गराएको राशनमा समेत कमिसन खोजेर कमसल खाना दिएपछि गोरुसिंगेस्थित समशेर दल गणका केही सिपाहीले जनआस्थासँग दुखेसो पोखेका छन् । ‘गुणस्तर एकदमै घटाइएको छ, अरु केही नगरे पनि खाना त राम्रो दिए हुने नि ! गणका एक सिपाहीले भने ‘गणपति प्रमुख सेनानी दिपक घले र सुवेदार मेजर शेरबहादुर चन्द मिलेर सेवा/सुविधासमेत कटौती गरेको बताइन्छ ‘सर्कुलरमा मेसमा ग्यास प्रयोग गर भन्छन् तर दाउरामै पकाइन्छ ग्यास त बिलमा मात्र आउँछ, चामल मोटा, दाल मक्किएको, तरकारी जे सस्तो त्यही, जेठभरि त बन्दा र आलु मात्रै खुवाइयो’उनीहरूले भने कार्यालय, जवान ब्यारेक, अधिकृत ब्यारेक, निवासका भित्ता धुन र पखाल्न लगाएर बाहिरबाट पेन्टको बिल ल्याई भुक्तानसमेत गरेको उनीहरूको गुनासो छ ।

Advertisement 1

सुवेदार मेजर शेरबहादुर चन्द आफैँ जेठ-असारमा पसल पसलमा भ्याट बिल माग्दै हिँडेको प्रसंग स्थानीय व्यवसायीले समेत निकालेका छन् । भ्याटको पैसा दिन्छु भन्दै टायल मार्बल, फर्निचर, पेन्ट पसल, स्टेशनरी, इलेक्ट्रोनिक्स तथा कम्प्युटर पसलमा गई बिल लैजाने गरेको केही व्यापारीले गुनासो गरे । ‘खरिद नै नभई कसरी बिक्री बिल दिनु ? नदिए कारोबार गर्दैनौं भन्छन्, दिए १५ प्रतिशत भ्याट मात्र लिएर के गर्नु, उल्टै थप तिर्नुपर्छ ।’ सामान नलैजान विल मात्र माग्ने गरेको हुँदा स्थानीय व्यापारीसमेत गणप्रति सन्तुष्ट नभएको समाचार जनआस्थामा रहेको छ ।

सुवेदार मेजरको जिम्मा रहेको ३ साताअघिको वार्षिकोत्सव कार्यक्रममा समेत तल्लो दर्जा सन्तुष्ट देखिएको एक सिपाहीले बताए । वार्षिकोत्सवलाई तोकिएको खर्चबाट कमिसन जोगाउन सुबदार मेजरले परिवारका सदस्यलाई बडाभोजमा बोलाउँदा नाता प्रमाणित मागिएको थियो । अब श्रीमतीलाई १ छाक भोज खुवाउन जिल्ला गई नाता प्रमाणित बनाएर ल्याउनुपर्ने भएपछि किन भोज खुवाउन लैजानु भनेर लगिनु उनले भने । यसअघिका वार्षिकोत्सवमा भने यस्तो नभएको उनीहरूको भनाइ थियो । राशन बचाउन अधिकांश सिपाहीलाई मौखिक बिदासमेत दिने गरेको उनीहरूको दाबी थियो । जनआस्थामा समाचार आएपछि गणको राशन र सुशासन दुबै सुधार हुन सक्ने उनीहरूको अपेक्षा छ ।

प्रकाशित :२०८० श्रावण ३, बुधबार ०९:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry