कर्मचारीले यसरी कमाउँदा रहेछन् करोडौं
एक जना उपसचिवले गरेका गडबडीले अहिले स्वास्थ्य मन्त्रालय,अर्थ मन्त्रालय,संघीय मामिला तथा सामान्य प्रशासनदेखि युएनसम्म हलचल मच्चिएको छ ।एउटा विदेशी निकायबाट वैदेशिक सहायता लिएर उक्त सहायताको दुरुपयोग प्रकरणमा मुछिए पछि स्वास्थ्य सेवा विभागका उपसचिव अनिल थापा विवादमा तानिएका हुन । उनले तालुकदार निकायलाई समेत गुमराहमा पारेर वैदेशिक निकायबाट अनुदानमा ल्यापटप लिएको र उक्त ल्यापटपको आफू अनुकुलको स्पेसिफिकेशन तयार पारेको भेटिएपछि उपसचिव थापा अप्ठ्यारोमा परेका हुन ।
Advertisement 1
स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा कार्यरत रहेका बेला उपसचिव अनिल थापाले कसैलाई जानकारी नै नदिई गत बर्ष २०७९ जेठ १९ गते युनिसेफ (युनाइटेड नेशन्स इन्टरनेशनल चिल्ड्रेन्स इमर्जेन्सी फण्ड) लाई सिधै पत्र लेखेर ५ सय थान ल्यापटप सहयोगस्वरूप उपलब्ध गराउन अनुरोध गरेका थिए । लगत्तै स्पेसिफिकेशन पनि आफैँले बनाएर अर्को पत्र पठाए ।
अनिलले युएनलाई पत्र लेखेर ल्यापटप माग गरेका छन् । मन्त्रालयको लेटरप्याटमा ५ सय थान ल्यापटप सहयोगस्वरूप उपलब्ध गराउन अनुरोध गरे ।
Advertisement 2
अनिलले पेश गरेको स्पेसिफिकेशन बमोजिमको ल्यापटप हाल नेपाली बजारमा ८० हजार मूल्यमा पाइन्छ । तर, उनीहरूले यही ल्यापटपलाई १ लाख २५ हजारमा किनेका छन् । मागबमोजिम ल्यापटप खरिद गरिसकेपछि युनिसेफले सामान बुझेर लैजान स्वास्थ्य सेवा विभागमा पत्र पठाएपछि भने विभागमा हल्लीखल्ली नै मच्चियो । यूएनका कर्मचारीहरुलाई समेत कमिसनको जालोमा पारी प्रति ल्यापटप ४५ हजार रूपैयाँ बढी तिरेर राम्रै कमाई गरेका त्यहाँका कर्मचारीहरु बताउँछन् ।
महानिर्देशकलाई समेत जानकारी नदिई सरकारका नाममा ल्याइएका ती उपकरण नबुझ्ने निर्णय हुनासाथ अनिल अप्ठेरोमा परे । ल्यापटपलगायत उपकरण खरिदका नाममा विदेशी निकाय र त्यहाँ कार्यरत कर्मचारीलाई समेत कमिसनको जालोमा पारी प्रति ल्यापटप ४५ हजार रूपैयाँ बढी तिरेर राम्रै कमाई गरेका अनिल स्वास्थ्य र सामान्य प्रशासन मन्त्रालयका उच्चाधिकारीहरूलाई प्रभावमा पार्नतिर लागे । यही काण्डका कारण स्वास्थ्य मन्त्रालयबाट गत चैत १३ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भयो तर उनले विभागबाट रमाना लिएनन् । यसबीच सचिव रोशन पोखरेल र सामान्यका कृष्णहरि पुष्करलाई आफ्नो पक्षमा उभ्याउन भ्याए । उनलाई अहिले फेरि सोही महाशाखामा पठाउने गरी स्वास्थ्य मन्त्रालयमै सरुवा गरिएको पत्र सार्वजनिक भएको छ ।
Advertisement 3