इक्यानमा पाण्डे टिमको पत्तासाफ,अध्यक्ष चुनिए शेषराज
कन्सलटेन्सी व्यवसायीहरुको छाता संगठन इक्यानमा एमाले पत्तासाफ भएको छ । हिजो सम्पन्न इक्यानको निर्वाचनमा अध्यक्षका प्रत्यासी विष्णुहरि पाण्डेलाई फराकिलो मतान्तरले हराउँदै शेषराज भट्टराई निर्वाचित भएका छन् । प्रतिष्प्रर्धी पाण्डेलाई ९२ मतान्तरले हराउँदै भट्टराईले २३८ मत ल्याएर निर्वाचित भएका हुन् । भट्टराईलाई नेकपा एकीकृत समाजवादी निकट पूर्व अध्यक्ष प्रकाश पाण्डे लगायतको पूर्ण समर्थन रहेको थियो ।
Advertisement 1
उपाध्यक्षमा लक्ष्मण पौडेल २२८, भुवनबहादुर क्षेत्री १७२ र गीता शिवाकोटीले १५३ मतसहित विजयी भएका छन । उपाध्यक्षमा विजयी शिवाकोटी भट्टराई निकट हुन भने क्षेत्री र पौडेल पाण्डे निकट हुन । महासचिवमा भट्टराई निकट नै दीपक भुसाल विजयी भएका छन । उनले २५५ मत प्राप्त गर्दा पाण्डे प्यानलका वासुदेव दाहालले १५५ मत प्राप्त गरेका छन । सचिवको दुबै पदमा भट्टराई निकट विजयी भएका छन । भावनाथ हुमागाईँ २६०, रत्न बहादुर भट्टराई १६८ मतसहित विजयी भएका छन ।
कोषाध्यक्षमा पनि भट्टराई निकटै आशिक कार्की विजयी भएका छन । उनले २०८ मत प्राप्त गर्दा पाण्डे प्यानलका विनोदकुमार सुवेदीले २०१ मत प्राप्त गरेका छन । सहकोषाध्यक्षमा विकल्पराज पौडेल २१६ मतसहित विजयी हुँदा पाण्डे समूहका हेमराज सिग्देलले १८७ मत प्राप्त गरेका छन ।
Advertisement 2
यस्तै सदस्यहरूमा सुरज सिलवाल ३०१, साधना पुडासैनी २६६, उमा खड्का पाठक २४२, मञ्जित ढकाल २०९, गोविन्द खनाल २०२, आशिष रायमाझी १९८, एसपी भट्टराई १८५, विजयकुमार बस्नेत १८४ र श्रीराम गिरी १८४ मतसहित विजयी भएका छन । सर्वाधिक मतसहित सुरज सिलवाल म्यान अफ दी इलेक्सन भएका छन । उनले सर्वाधिक ३०१ मत प्राप्त गरेका छन । उनी पाण्डे समूहका उम्मेदवार हुन । सदस्यमा विजयी भएका नौ मध्ये पाण्डे समूहबाट सिलवालसहित आशिष रायमाझी, मञ्जित ढकाल, एसपी भट्टराई, साधना पुडासैनी र श्रीराम गिरी विजयी भएका छन ।
उपाध्यक्षमा निर्वाचित पौडेल र क्षेत्रीबाहेक सबै भट्टराई प्यानलबाट निर्वाचित भएका हुन् ।