पेशागत महासंघलाई पत्याउन छाडेका हुन त पूर्व प्रशासकहरुले ?

पूर्व प्रशासकहरुले खोला तरेर लौरा बिर्सिएको भन्दै एमाले वृत्तभित्र पूर्व प्रशासकहरुको तिव्र आलोचना हुन थालेको छ । जागिरे जीवनमा रहँदा एमाले पार्टी निकट रहेर विभिन्न लाभ र अवसर हात पारेका प्रशासकहरुले जागिरबाट घर फर्किए पछि सदस्यता नै नवीकरण नगरेको भेटिएपछि एमाले वृत्तबाटै पूर्व प्रशासकहरुको आलोचना हुन थालेको हो । विभिन्न पेशागत संगठनका नाममा अनेकन लाभ लिएर अवकाश पाएका कतिपय पूर्व कर्मचारीहरुले एमालेको पार्टीको सदस्यता नवीकरण नगरेको भेटिएको छ ।

Advertisement 1

उसो त एमालेको सदस्यता नवीकरण नगर्नेको संख्या पेशागत फाँटमा मात्र नभइ पार्टी पक्तिंमै देखिएको छ । झण्डै १० लाख संगठित सदस्य रहेको बताउँदै आएको एमालेको दशौं महाअधिवेशन पछि झण्डै ६० प्रतिशतले सदस्यता नवीकरण नगरेको भेटिएको छ । पार्टीमै देखिएको रोग जनवर्गीय संगठनमा समेत सरेको पेशागत फाँटमा आवद्ध एक जना पूर्व प्रशासकले स्वीकार गरेका छन् ।

एमाले निकट पेशागत फाँट स्रोतका अनुसार,पेशागत जिल्ला कमिटीमा पुराना ५० प्रतिशत सदस्यले नवीकरण गरेका छैनन् । ती उनै कर्मचारीहरु हुन,जो जागिरमा छञ्जेल एमालेका नामबाट लिनुसम्म लाभ र अवसर लिए र अहिले जागिर सकियो, सदस्यता रिन्यु गरेनन् ।

Advertisement 2

जागिर हुँदा पार्टीको कोटामा आकर्षक ठाउँमा सरुवा, सुविधा र लाभ पाइने हुँदा उनीहरू सक्रियतापूर्वक सदस्यता नवीकरण गर्थे । तर, जागिर सकिएपछि न सरुवा चाहियो, न सुविधा र लाभ नै पाइन्छ । त्यसैले ‘भोट हाल्न परे हालम्ला, सदस्यता त्यतै राख्नुस्’ भन्दै ती कर्मचारी नवीकरणका लागि अटेर गरिरहेका हुन ।

एमालेको सदस्यता नवीकरण नगर्नेमध्ये एक जना हुन्, पूर्वगृहसचिव, लोकसेवाका पूर्वसदस्य डा. गोविन्दप्रसाद कुसुम । उनको पछिल्लो जिम्मेवारी लोकसेवा थियो, जहाँबाट उनी जिम्मेवारीमुक्त भएको वर्षौं बितिसक्यो । २०७७ सालसम्म उनले सदस्यता नवीकरण गरे । तर, त्यसयता पार्टी विभाजनपछि तटस्थ छन् । उमेरका कारण पनि उनले राजदूत वा कुनै लाभको पद पाउने सम्भावना छैन ।

Advertisement 3

यस्तै सामान्य प्रशासन सचिवका रुपमा जागिरबाट अवकाश पाएपछि पार्टीले प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक समेत चलाइसकेर अवकाश पाएका पुण्यप्रसाद न्यौपानेले पनि सदस्यता रिन्यु गरेका छैनन् । । उनी पछि स्टाफ कलेजमा रहेका पूर्वसचिव राजन खनाल पनि सदस्यता नवीकरण नगर्नेमध्येका हुन् । यीसहित थुप्रै कर्मचारीले जागिर सकिएसँगै सदस्यता ‘सिध्याइरहेका’ छन् । यसरी सदस्यता नवीकरण गर्नेमा निजामति कर्मचारीमात्र नभई प्राध्यापक, कानुन व्यवसायी, चिकित्सक, शिक्षकहरूको संख्या उत्तिकै पाइन्छ ।

विभिन्न सरकारी तथा अर्धसरकारी सेवाबाट अवकाश पाएका एमालेसम्बद्ध कर्मचारीले यस्तो व्यवहार देखाएपछि केन्द्रद्वारा जारी अन्तर पार्टी निर्देशन (अपानि) नै जारी गर्दै लेखियो पेशागत जिल्ला कमिटीले काम गरेनन्

प्रकाशित :२०८० असार ३१, आईतवार १०:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry