मन्त्री आलेलाई कोरोना संक्रमण पुष्टि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ।

Advertisement 1

आज बिहान एन्टिजेन्ट परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको आलेको सचिवालयले जानकारी दिएको हो। मन्त्री ज्युलाई ‘रूघाखोकी र पखला लागेपछि एन्टिजेन्ट परीक्षण गरेको सचिवालयले जानकारी दिएको छ ।

मन्त्री आलेसँगै उनका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि संक्रमण पुष्टि भएको छ। आफूहरुको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउनसमेत मन्त्री आलेको सचिवालयले आग्रह गरेको छ।

Advertisement 2

मन्त्री आले पछिल्लो समय अनुगमनलगात काममा व्यस्त थिए ।

 

प्रकाशित :२०७८ माघ ३, सोमबार १२:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry