मन्त्रीको कार्यक्रम सचिवद्धारा बहिष्कार !
कुनै समय वन मुद्धामा मुद्धिएका प्रेम आलेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको क्याविनेटमा वन मन्त्री बनेका छन् । मन्त्रालयमा उनको चुरीफुरी बेग्लै छ । नियम कानुन विपरित उनले दश जना सल्लाहकार तथा सचिवालय सदस्यहरुको भीड त्यहाँ थुपारेका छन् ।
Advertisement 1
त्यहाँ बोर्ड नै टाँसेर रविन कुमार ग्यालन (नीजि सचिव),हेमन्त रेग्मी (उप स्वकीय सचिव),यम बहादुर बम सल्लाहकार (विज्ञ),सोमबहादुर थापा (राजनीतिक सल्लाहकार),विमल विष्ट (प्रेस सल्लाहकार) बनाइएको छ । नियमानुसार मन्त्रीले ७ जनासम्म सचिवालय सदस्य नियुक्त गर्न पाउँछन् । त्यसमध्ये उपसचिव तहको एक जना, अधिकृत तहको एक जना, सुब्बा तहको एक जना, सवारी चालक २ जना र कार्यालय सहयोगी २ जना मन्त्रीले राख्न पाउँछन् । तर नियम मिचेर अरु तीन जनालाई सल्लाकारको भूमिका राखेका छन् । जसमध्ये यम बहादुर बम,विमल विष्ट,सोमबहादुर थापा ।
यिनै विवाद्स्पद् चरित्रका मन्त्री आलेलाई अहिले मन्त्रालयका कर्मचारीहरुले टेर्न छाडेका छन् । गत बुधबार आलेले मन्त्रालयमा पत्रकार भेटघाट कार्यक्रम राखेका थिए । कार्यक्रम सञ्चालक वनमन्त्रीका राजनीतिक सल्लाहकार सम थापाले गरेका थिए । नियम अनुसार मन्त्रीले राजनीतिक सल्लाहकार नियुक्त गर्न पाउँदैनन् । थापा काठ व्यवसायी रहेको बुझिएको छ । मन्त्रालयमै चलेको सो कार्यक्रमलाई वनसचिव विश्वनाथ ओलीले बहिष्कार गरेका हुन् ।
कायक्रममा सचिवका लागि कुर्सी छुट्टाइएको भए पनि खाली नै रह्यो । मन्त्रीले आयोजना गर्ने पत्रकार सम्मेलनमा सचिव, सम्बन्धित महाशाखा र विभागका प्रमुखसमेत सहभागी हुने प्रचलन छ । बरू सचिव ओलीले प्रशासन महाशाखा प्रमुख नवराज ढुंगानालाई पठाएका थिए ।
Advertisement 2
सचिव ओली आफ्नो ३०३ नम्बर कार्यकक्षमै थिए । कार्यक्रम सकिने समयमा मात्र सह सचिव प्रकाश लम्साल त्यहाँ पुगेको देखिन्थ्यो । यो घटनाले मन्त्री र सचिवबीचको सम्बन्धमा मीठास नरहेको चर्चा मन्त्रालयतिर चल्न थालेको छ ।