ललितपुर–२ मा रास्वपाका खरेल विजयी

ललितपुर। प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल भारी मतका साथ विजयी भएका छन्।
Advertisement 1
ललितपुर क्षेत्र नं २ का निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीका अनुसार खरेलले ३९ हजार ९४१ मत प्राप्त गरी विजयी भएका ह।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ७ हजार ४२० मत प्राप्त गरेका छन्। त्यस्तै उज्यालो नेपाल पार्टीका उम्मेदवार राजाराम तण्डुकारले ५ हजार ५४७ मत र नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर महर्जनले ४ हजार ५३६ प्राप्त गरेका छन्।
Advertisement 2
कुल ८९ हजार ८२ मतदाता रहेको ललितपुर–२ मा ३१ हजार ३५ महिला र ३० हजार ९४० पुरुष गरी ६१ हजार ९७५ मतदान गरेका थिए। यस क्षेत्रमा राजनीतिक दलबाट र स्वतन्त्रसमेत गरी २३ जना उम्मेदवार रहेका थिए।
प्रकाशित :२०८२ फाल्गुन २४, आईतवार १२:४०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%














