लोक सेवा आयोगकै झल्को दिने गरि परिक्षा संचालन गर्दै

लोकसेवा आयोगकै झल्को दिने गरी करारका कार्मचारी नियुक्तिको लागि धादिङको रुवी भ्याली गाउँपालिकाले परिक्षा सन्चालन गरेको छ ।
गाउँपालिकाले विभिन्न पदको लागि आह्वान गरेको परिक्षामा जिल्ला समन्वय समितिको हलमा कडा सुरक्षाका बिच परिक्षा सन्चालन गरीएको गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले जानकारी दिए ।

Advertisement 1

गाउपालिकामा कार्यरत करारका कर्मचारीहरुको असारमा म्याद सकिएपछि रुवी भ्याली गाउपालिकाले पुन करारमा कर्मचारी नियुक्तिको लागी बिज्ञापन आह्रवान गरेको थियो । निष्पक्ष र योग्य कर्मचारी छनोट होस भनि सुरक्षालाई समेत मध्यनजर गर्दै धादिङबेशीमा परिक्षा संचालन गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत धुब्रकुमार राईले बताएका छन् ।

 

प्रकाशित :२०७९ श्रावण ६, शुक्रबार ०९:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry