सशस्त्र प्रहरी सहायक निरीक्षकको नतिजा सार्वजनिक, १ सय ६२ जना छनोट

लोक सेवा आयोग, केन्द्रीय कार्यालय, कमलपोखरीले सशस्त्र प्रहरी बल नेपालको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले सशस्त्र प्रहरी सहायक निरीक्षकको नतिजा सार्वजनिक गरेको हो । लिखित परीक्षामा सम्मिलित संख्या १८ सय ९ जना रहेका छन् जसमा माग पद संख्या १ सय ३६ जनामा १ सय ६२ जना छनोट भएका छन् ।

Advertisement 1

सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवारहरु उत्तीर्ण भएकाले परीक्षण र अन्तर्वार्ताको लागि छनौट भएका हुन् ।

सामूहिक परीक्षण र अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरुले पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम योग्यता एकीन हुने सम्पूर्ण प्रमाणपत्रतथा अन्य आवश्यक कागजातहरु र दरखास्त फारामको प्रथम र तृतीय पाना २÷२ प्रति भरी यो सूचना प्रकाशन भएको मितिले ७(सात)दिन भित्र यस आयोगको दरखास्तव्यवस्थापन केन्द्र, अनामनगरमा उक्त प्रमाणपत्रहरुको प्रतिलिपि उम्मेदवार आफैले प्रमाणित गरी रुजु गराउनु पर्नेछ ।

Advertisement 2

आवश्यक न्यूनतम योग्यता तथा अन्य आवश्यककागजातको प्रमाणपत्रहरु नपुर्याएमा जुनसुकै बखत दरखास्त रद्द हुनेछ । छनौट भएका उम्मेदवारहरुले अन्तर्वार्ता दिन आउँदा माथि उल्लेखित सक्कल कागजात र प्रवेशपत्रलिई १ (एक) घण्टा अगावै आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखामा अनिवार्य उपस्थित हुनुपर्नेछ । सामूहिक परीक्षण र अन्तर्वार्ताका दिन सार्वजनिक विदा पर्न गएमा पनि उक्त कार्यक्रम यथावत् सञ्चालन हुनेछ ।

5_079-80
प्रकाशित :२०८० असार २०, बुधबार ०९:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry