वार्षिक नीति तथा कार्यक्रम पेस
विराटनगर महानगरपालिका नगरसभाको १२औँ अधिवेशनमा आज आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम पेस भएको छ । सभामा उपप्रमुख शिल्पा निराला कार्कीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरलाई समृद्ध बनाउने सन्दर्भमा स्थानीयस्तरमा रहेका सीमित स्रोत र साधनलाई अधिकत्म प्रयोग गरी नगरवासीको आकांक्षालाई पूरा गर्ने बताए।
‘हामी सबैको रहर शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ बनाउने मुख्यम सोचका साथ आव २०८०र८१ को लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा गरिएको उाले जानकारी दिए। “स्थानीय तहको अधिकार क्षेत्र बढ्दै जाँदा नागरिकलाई पुर्याउने सेवा प्रवाहका लागि आवश्यक जनशक्ति व्यवस्थापन, प्रशासनिक व्यवस्थापनलगायत विषयमा बजेट छुट्याउँदा विकास निर्माणमा चाप पर्ने गरेको छ”, उपप्रमुख कार्कीले भने।
महानगरको सीमित स्रोत साधनबाट मात्र नगरको विकास निर्माणलगायत सेवा प्रवाह गर्न नसकिने भएकाले नागरिक समाज, निजी क्षेत्र, सङ्घ संस्थालगायत सबैको साथ र सहयोगको अपेक्षासहित नीति तथा कार्यक्रम प्रस्तुत गरिएको उनको भनाइ थियो । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४, पन्ध्रौँ योजनाको दीर्घकालीन अवधारणा, प्रदेशको प्रथम आवधिक योजना, राष्ट्रिय योजना आयोगको बजेट तर्जुमासम्बन्धी मार्गदर्शन, सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त मार्ग निर्देशन, स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन र विषयगत समिति, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज तथा सङ्घ संस्थाको सल्लाह र सुझावलाई वार्षिक नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
प्रकाशित :२०८० असार १०, आईतवार १४:२५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%