प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

प्रतिनिधि सभा बिघटन गर्ने आफ्नो कदमलाई सर्वाेच्चले उल्टाइदिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा गर्न तयार भएका छन् । ओली समूहको स्थायी समिति बैठक पछि परराष्ट्रमन्त्री समेत रहेका प्रदीप ज्ञवालीले त्यस्तो संकेत गर्नुभएको हो । आज बालुवाटारमा बसेको स्थायी समितिको बैठकले ४ वटा निर्णय गरेको छ ।

Advertisement 1

प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने,पार्टीको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने र देशभरि यसअघि निर्धारण गरिएका कार्यक्रमहरूलाई निरन्तरता दिने निर्णय भएको छ। दलहरुसँग परामर्श र सुझावका आधारमा प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ । मुलुकलाई अन्योलमा राख्नु हुदैन भन्ने भनाई हो’ प्रवक्ता ज्ञवालीले भने । राजीनामा दिनेमात्र भन्दा पनि राजीनामा दिइसकेपछि अवस्था मूल्यांकन गरेर आवश्यक निर्णय गरिने ज्ञवालीले बताए।

प्रधानमन्त्री र हाम्रा लागि यी पदहरू अस्थायी हुन्। तर देशलाई अन्यौलतामा छोडेर अब के हुन्छ भन्ने प्रष्ट नपारी जिम्मेवार व्यक्तिले छोड्न मिल्दैन ।

Advertisement 2

ओली समूहको स्थायी कमिटी बैठक बिहीबार फेरि बस्नेछ।

प्रकाशित :२०७७ फाल्गुन १२, बुधबार १५:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry