यिनै हुन किर्ते काम गर्न नमान्दा कर्मचारीलाई कोठामा थुन्ने वडा अध्यक्ष कार्की

सिंहदरबारको अधिकार गाउँ गाउँमा त भनियो तर सिंहदरबारको अधिकार गाउँ गाउँमा पुग्ने भन्दा बढी त्यहाँ छोटे राजाहरु बढी जन्मिएको देखिन्छ । यस्तै घटना घटेको छ जितपुरको सिमरा उपमहानगरपालिकामा ।
त्यहाँका एक जनप्रतिनिधिले किर्ते काम गर्न नमानेको आरोपमा दुई जना कर्मचारीलाई कोठामा थुनेका छन् । उनी हुन ताराबहादुर कार्की । जितपुर सिमरा उपमहानगरको वडा नम्बर तिनमा वडा अध्यक्ष हुन । उनले आफूले लगाएको किर्ते काम गर्न नमानेको भन्दै दुई जना कर्मचारीलाई थुनेका हुन ।
Advertisement 1
वडा नम्बर तिनका वडा अध्यक्ष तारा बहादुर कार्कीले अमिनद्वय प्रदिप कुमार र अम्बिका प्रसाद कुशुबाहलाई बुधबार वडा अध्यक्षको आदेश नमानेको भन्दै कोठामा लगेर थुनेका थिए । यसरी थुनेका कर्मचारीलाई अस्ति साँझ प्रहरीले उद्धार गरेको थियो ।वडा अध्यक्ष कार्कीले अमिनद्वयलाई विवादित मुद्दा परेको सरकारी जग्गा जबरजस्ती नाप्न लगाई मुचुल्कामा सहि छाप गर्न भने पछि अमिनहरुले कानुन विपरीत हुने भन्दै नमानेका हुन । सोही कारण उनीहरुलाई कोठामा लगेर थुनेका थिए । ईलाका प्रहरी कार्यालय सिमराको टोलीले दुबैलाई बुधबार साँझ उद्धार गरेको थियो ।बन्धक बनाएका कर्मचारीहरूलाई जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले ईलाका प्रहरी कार्यालय सिमराको सहकार्यमा उद्धार गरेका थिए ।
Advertisement 2
अमिनहरूलाई आफूले भने अनुसार जग्गा ननानेको भन्दै उनले तीन घण्टा एउटा सटर भएको कोठामा थुनेर बन्धक बनाएका थिए । वडा अध्यक्षको उक्त कदमको विरुद्धमा त्यहाँका झण्डै तीन सय कर्मचारीहरू आन्दोलित भएका हुन् । वडा अध्यक्ष कार्कीले माफी न मागेसम्म सम्पुर्ण कामकाज ठप्प रहने कर्मचारीहरुले बताएका छन् ।