चार लाख घुससहित उपसचिव, इन्जिनियर र लेखापाल रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरेबापत ४ लाख रुपैयाँ घुस लिएको अभियोगमा तीन कर्मचारीलाई नियन्त्रणमा लिएको छ।

Advertisement 1

पक्राउ पर्नेमा ग्रामीण सडक सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई, झापामा कार्यरत कर्मचारीहरू आयोजना व्यवस्थापक हुतराज चौहान, इन्जिनियर रवीन्द्रकुमार शर्मा, लेखापाल हिमाल पौडेल रहेका छन् । सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिएबापत भन्दै उनीहरूले सेवाग्राहीसँग घुस लिएका अख्तियारले जनाएको छ।

अख्तियारको टोलीले उनीहरूलाई घुस लिइसकेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा लिएको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित :२०८० असार ५, मंगलवार १३:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम