सिंहदरबारमै हाजिर गरेर टाप कस्ने कर्मचारी बग्रेल्ती :-दुई घण्टामै १४० ‘छड्केमा’

केन्द्रीय प्रशासनिक निकाय सिंहदरबारमा कार्यरत निजामती कर्मचारीहरु कार्यालय समयमा हाजिर गरेर टाप कस्न गर्ने गरेको गुनासो आएपछि राष्ट्रिय सर्तकर्ता केन्द्रले सिंहदरबारको गेटमा अनुगमन थालेको छ ।

Advertisement 1

राष्ट्रिय सतर्कता केन्द्रबाट खटिएका प्रहरी र कर्मचारीहरुले अनुगमन गर्दा बिहान १० देखि मध्यान्हसम्ममा १४० कर्मचारीहरु अनेकन बाहना गरेर गेटबाट निस्किएका छन् ।
अनुगमनका क्रममा बाहिरिने कर्मचारीहरूले अस्पताल जान लागेको, खाना खान जान लागेको, चिठी पुराउन जान लागेको लगायतका विवरण टिपाएका थिए ।

Advertisement 2

कर्मचारीहरू हाजिरी गर्ने र व्यक्तिगत काममा निस्कने गुनासो बढेपछि राष्ट्रिय सतर्कता केन्द्रले यस्ता कर्मचारीमाथि निगरानी  बढाएका हुन्।कर्मचारीहरू हाजिर गरेर व्यक्तिगत कामका लागि दिनभर हराउने तथा बेलुका कार्यालय समय सकिने बेला फेरि हाजिर गरेर हिँड्ने गरेको गुनासोपछि केन्द्रले बिहान छड्के चेक गरेको सचिव आचार्यले बताए । बिहिबार सिंहदरबारको सबै गेटमा अनुगष्मन गरी यस्को रेकर्ड राखिएको छ । अनुगमनका क्रममा सबैको रेकर्ड राखिएको र त्यसलाई अध्ययन गरेपछि सम्बन्धीत मन्त्रालयमा लेखेर पठाइने केन्द्रका अधिकारीहरूले जनाएका छन्

यस अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आन्तरिक अनुगमन गर्दा सहसचिवसहितका १०३ कर्मचारीहरु छड्केमा परेका थिए । बिहान साढे १० मा अनुमगन गर्दा समेत उनीहरु कार्यालयमा नआएको भेटिए पछि हाजिरीमा रातो लगाइएको थियो ।

प्रकाशित :२०८० जेष्ठ ३२, बिहीबार १५:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry