स्वास्थ्य मन्त्रालयद्वारा ठूलो संख्यामा डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी माग

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभर ठूलो संख्यामा कर्मचारी माग गरेको छ । मन्त्रालयले एक सूचना प्रकाशन गरी संघ,प्रदेश र स्थानीय तहका लागि स्वास्थ्यकर्मी माग गरेको हो ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थाका लागि स्वास्थ्यकर्मी माग गरेको हो ।

Advertisement 1

कोभिड–१९ को स्वास्थ्य आपत्कालिन अवस्थाका लागि भन्दै मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहसम्मका स्वास्थ्य संस्था, आइसोलेसन तथा क्वारेन्टिनमा रहेका बिरामीहरुका लागि जनशक्ति परिचालन गर्न डाक्टर, नर्स, पारामेडिक्स लगायतका स्वास्थ्यकर्मीलाई ५ दिनभित्र आवेदन दिन आव्हान गरेको छ ।

प्रकाशित :२०७७ भाद्र ४, बिहीबार १३:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry