राजदूतसँग मुख्य सचिव पद साटिदैं,लोकदर्शन रेग्मीकै पथमा शंकरदास बैरागी

 

Advertisement 1

प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहानै ९ बजे नै क्याविनेट बैठक डाकेका छन् । आज अपर्झट बिहान साढे ९ बजे बस्न लागेको क्याविनेटले मुख्यसचिव नियुक्त गर्ने तयारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।
हालका मुख्यसचिव शंकरदास वैरागीलाई राजदूत बनाएर पठाउने र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत डा वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी भएको छ ।अर्याललाई चैत्रको दोश्रो साता सञ्चार मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानिएका थिए ।उनी असार ३ गते अनिवार्य अवकाशमा जाँदैछन् । अर्यालले गोजीमा राजीनामा पत्र नै बोकेर हिडिरहेका थिए । तर उनलाई मुख्यसचिव बनाउने बिषयमा प्रधानमन्त्री प्रचण्ड काँग्रेस सभापति शेरबहादुर देउवा समेत सकरात्मक भएपछि उनी राजीनामा दिन बाट रोकिएका छन् । मुख्यसचिव वैरागीको मुख्यसचिवको कार्यकाल आगामी असोज मसान्तसम्म छ ।

मुख्यसचिव वैरागी र सचिव अर्यालबीच सुमधुर सम्बन्ध भएकाले पनि वैरागीले राजदूत नियुक्तिमा सहमति जनाएर सहजै राजीनामा दिने सम्भावना छ । बैरागीलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि बनाएर पठाउने र अर्याललाई मुख्यसचिव बनाउने निर्णय बिहीबार गर्न लागिएको स्रोतले जनाएको छ ।यस अघिका मुख्य सचिव लोकदर्शन रेग्मीले राजदूतसँग मुख्य सचिव पद साटेका थिए ।

प्रकाशित :२०८० जेष्ठ ३२, बिहीबार ०७:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry