निरिह हाकिम,पावरफुल पिउन

यातायात कार्यालय चाबहिलतिर पुग्नुभयो,तपाई रमाइलो दृश्य देख्न पाउनुहुन्छ । त्यहाँ कार्यालय सहयोगीले नमस्कार खान्छन्,त्यो पनि अरु होइन आफूभन्दा उपल्ला तहका कर्मचारीबाट । प्रश्न उठ्छ माथिल्लो ओहदाका कर्मचारीहरुले तल्ला तहका पिउनलाई किन नमस्कार गरेका होलान ?

Advertisement 1

कारण हो,पिउनले विचौलियाको काम गर्ने र सेवाग्राहीबाट घुस असुली गरी माथिल्ला तहसम्म पुर्याउने । यस्तो धन्दामा छन्,त्यहाँका पिउनहरु। खासमा कार्यालय सहयोगीको काम कोठा सफा गर्ने, चिया नास्ता ल्याउने हो सरकारले तोकेको जिम्मेवारी अनुसार तर उनीहरुलाई चिया नास्ता खुवाउने करारका कर्मचारी छन् । दैनिकजसो दक्षिणढोका ट्रायल सेन्टरमा पुग्दछन् र सेवाग्राहीबाट १ देखि ३ लाखसम्म नजाराना बटुल्छन् । गाडीको ट्रायलको बेला जनही सेवाग्राहीबाट १५ देखि ५० हजार र लिखितमा पास गराइदिए वापत्त जनही ५ हजार शुल्क लिने गरेको सेवाग्राहीहरुले बताउँछन् । एके (मोटरसाइकल) मा भने दुईदेखि तीन हजारमै काम तमाम हुन्छ । उनीहरुका दारु पार्टनर छन्,एक जना अधिकृत । चावहिल मालपोतमा आएको बर्ष दिन भयो । जागिरे जीवनभर आकर्षक कार्यालयहरुमा बसे । मालपोतमा रहँदा अकुत सम्पत्ति जोडेका उनी काठमाडौंकै रैथाने हुन । उनले  युजर आइडी लिएर फेल भएकाहरुलाई उत्र्तीण गराइदिने गर्दै आएका छन्,५० हजारसम्म नजराना लिएर । यसरी उठाइएको घुस रकम पहिलो त्यँही फिल्डमा खटिएका कर्मचारी र अफिसका प्राविधिकहरु (मेकानिकल इञ्जिनियर,प्राविधिक कम्युटर अधिकृत,राजश्व संकलन कर्ता) सम्म भागबण्डा लाग्ने गर्दछ । उनीहरु ५ बर्षदेखि चावहिल यातायात कार्यालय छाडेर अन्यन्त्र कतै जानु परेको छैन ।

जागिरे जीवनभर यातायात,वैरो,अध्यागमन र भन्सारजस्ता कार्यालयमा मात्र जागिर खाएका उनीहरु घुस संकलनमा माहिर र खुबी भएका कारण सिनियर कर्मचारीहरुबाट  नमस्कार पाउँछन् । आफ्ना अफिसका अधिकृतले मात्र होइन,ट्रायल सेन्टरमा ड्युटीमा आएका ट्राफिक प्रहरी र सेवाग्राहीले पनि नमस्कार पड्काउँछन् ।

Advertisement 2

यसरी दक्षिण ढोका टयल सेन्टरमा बाहिरी विचौलिया कम छन तर यी कार्यालय सहयोगीहरुले प्रमुख विचौलियाको काम गरिरहेका छन् । जनतालाई ठग्ने काम दैनिक रुपमा भइरहेको देख्दा त्यहाँ भेटिएका सेवाग्राही रमेश खड्काले प्रश्न गरे– यिनलाई कारवाही वा सरुवा गर्न कुनै निकाय छैन ? कार्यालयमै बसेर काम गर्नुपरे पनि उनीहरुले सेवाग्राहीसँग रकम लिएर नवीकरण गराइदिने,कलर भिजन फेल भएकालाई पास गराइदिने, ट्रायलमा आज फेल भएकालाई भोलि नै पालो मिलाइदिने जस्ता अनेक कर्तुत गर्दै आएका चाबहिल यातायात कार्यालय स्रोतले जनाएको छ ।

प्रकाशित :२०७९ चैत्र २३, बिहीबार १२:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry