प्राज्ञ नियुक्तिमा गाइजात्रा

एकाबिहानै प्राज्ञ नियुक्तिको जात्रा कसरी भयो भनी अख्तियारतिर चर्चा हुने गरेको छ । फागुन १ गते बिहान पाँच बजे बसेको भनिएको बैठकले प्राज्ञ नियुक्ति गर्दा उक्त समितिको अध्यक्ष हुने मन्त्री सुदन किराँती विराटनगरमा थिए । यस्तो कसरी भयो ? चर्चा छ, त्रुटीपूर्ण व्यवस्था नै कारक हो । ऐनमा रिक्त प्राज्ञ सदस्य पदको छनौटसम्बन्धी व्यवस्था छ । नेपाल प्रज्ञा प्रतिष्ठानका हकमा ८ र अरुमा ६–६ जना नियुक्त गर्नुपर्ने व्यवस्थाअनुसार प्रत्येकमा एक–एक सदस्य सचिव पनि हुन्छन् ।
Advertisement 1
समितिको अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने व्यवस्था छ । त्यसमा प्रधानमन्त्रीले तोकेका तीनजना सदस्य रहन्छन् । उक्त समितिले जसले नियुक्त दियो, उही अर्थात् सीधै प्रधानमन्त्रीलाई सिफारिस गर्ने हो, मन्त्रिपरिषद्लाई हैन ।
त्यसो भएपछि न मन्त्रालयका सचिवलाई थाहा हुने भयो, न मन्त्रिपरिषद्लाई नै । होलसेलमा नियुक्ति पाएकाको हकमा उनीहरूको पनि प्रधानमन्त्री कार्यालयबाटै चिठी गयो । भोलिपल्ट बिहान ७ बजे शपथ ग्रहण राखियो । सचिव र सहसचिवहरू १० बजे मन्त्रालय पुग्दा उनीहरू ९ बजे नै बधाई खान पुगिसकेका थिए ।