सरुवामा नजाने कर्मचारी समात्न पुलिसको सहारा

मन्त्रीले हाकिम लगाएर हकार्दा हुने कर्मचारीलाई पुलिस लगाएर ‘उठाए ।’ देख्नेले खुन डाँका नै गर्यो कि भन्ठाने तर कसुर थियो जम्माजम्मी खटाएको ठाउँमा नगएको !
गत चैत २३ गते सामान्यले लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयमा कार्यरत उपसचिव महेश पाण्डे (कर्मचारी संकेत नम्बर १९२७१०) लाई महागढीमाई नगरपालिका बाराको प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटायो ।
Advertisement 1
उनी खटाएको ठाउँमा गएनन् बरु उल्टै लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री लीला गिरी, प्रमुख सचिव राजेन्द्र थापा र कर्मचारी प्रशासनका हाकिम प्रेमबहादुर गौतमलाई मिलाएर यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, रूपन्देही पुगे । संघीय मन्त्रालयले सरुवा गरेको तीन दिनपछि अर्थात् चैत्र २८ मा प्रदेश मन्त्रालयले उनीसहित श्रीराम पाण्डे र कम्प्युटर अपरेटर विकास नेपालीलाई लाइसेन्स बाँड्ने काममा खटाएको थियो ।
मुख्यमन्त्री कार्यालयबाट प्रेम गौतम लीला गिरी बाहिरिएसँगै कपिलवस्तु घरेलु कार्यालयमा सरुवा मिलाएर गएका छन्, वैशाख १७ गते उपसचिव पाण्डे भने खटाएको ठाउँमा नगएपछि सामान्यले २४ घण्टे स्पष्टीकरण सोध्यो तर कुनै जवाफ दिएनन् । महिनौँसम्म मन्त्रालयको पत्रलाई बेवास्ता गर्दै प्रदेशतिर बसिरहेका उनीसँग संघीय मन्त्री अमनलाल मोदी आगो भए र समाएर ल्याउन गृहलाई गुहारे । सामान्यले वैशाख अन्तिम साता गृहलाई पत्राचार गरेलगत्तै प्रहरी प्रधान कार्यालय नक्साल तातेपछि अस्ति सोमबार संघीय मामिलामा टुप्लुक्क प्रकट भएका छन् । सरुवा भएका कर्मचारीलाई रमाना लिनसमेत प्रहरी लगाउनुपर्ने भएबाटै थाहा हुन्छ हाम्रो कर्मचारीतन्त्र कति थेत्तरो भैसेकेछ ।


								





 
                            
 
                            
 
                            
 
                            

