रविको बदमासी छानबिन गर्ने बन्यो ३ सदस्यीय समिति,संयोजक पोखरेल

पूर्व गृहमन्त्री रवि लामिछानेले गरेको बदमासी प्रकरण छानबिन गर्न एक समिति बनेको छ । राष्ट्रिय परिचयपत्रमा संकलित वैयक्तिक र जैविक विवरण रुजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिनेगरी भएको निर्णयलाई सरकारले खारेज गर्दै छनाबिन गर्ने निर्णय गरेको थियो अस्तिको क्याविनेटले ।

Advertisement 1

सोही बमोजिम छानबिन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको नेतृत्वमा दुई सहसचिव सदस्य रहने गरी छानबिन कमिटि बनेको हो ।
रवि एक महिना गृहमन्त्री हुँदा राष्ट्रिय परिचयपत्रमा संकलित वैयक्तिक र जैविक विवरण रुजु गर्ने जिम्मा सेटिङका आधारमा हत्तारमा ऐनविपरीत दिएको ठेक्का सम्झौताबारे छानबिन गर्न प्रधानमन्त्री कार्यालयका सचिव अर्जुनप्रसाद पोख्रेलको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाएको हो ।
जसमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सामाजिक विकास तथा प्रादेशिक समन्वय महाशाखामा कार्यरत सचिव पोख्रेलको गृहमन्त्रालय र कानुन मन्त्रालयका सहसचिव सदस्य छन्।

कानुन मन्त्रालयकी सहसचिव ईन्दिरा दाहाल र गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत सदस्य तोकिएको छ।

Advertisement 2

 

प्रकाशित :२०८० बैशाख ७, बिहीबार ०७:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry