कोरोना संक्रमितको उपचारमा खटिएका ४ स्वास्थ्यकर्मीलाई ‘क्वाटर’ छाड्न सात दिने अल्टिमेट
कोरोना संक्रमितका उपचारका खटिएका स्वास्थ्यकर्मीहरुलाई एक साता भित्र क्वार्टर खाली गराउन भन्दै काठमाडौंकै एक नगरपालिकाले पत्र काटेको छ ।
दक्षिणकाली नगरपालिकाले कोरोना संक्रमित राखिएका आइसोलेसनमा खटिएका स्वास्थ्यकर्मीहरुलाई साता दिन भित्र क्वाटर खाली गरिदिन भन्दै पत्राचार गरेको हो ।
दक्षिणकाली नगरपालिका प्राथमिक स्वास्थ्य केन्द्र चाल्नाखेलका अन्य ४ स्वास्थ्यकर्मीलाई एक सता भित्र आवास खाली गर्न पत्र पठाएको हो ।दक्षिणकालि नगरपालिका फपिङका प्रशासकीय अधिकृत दिपककुमार केसीले मंगलबार प्राथमिक स्वास्थ्य केन्द्र चाल्नाखेलका प्रमुख डा सरिता विकलाई निर्णय कार्यान्वयन गराउने बारे भन्दै पत्र पठाएका हुन् ।
कोरोना संक्रमितको उपचारमा खटिएका हेल्थ असिस्टेन्ट पाँचौँ सुशीला काप्री, अनमी पाँचौँ राधा कुवँर, सीअनमी पाँचौँ सुमित्रा खड्का र सिअहेव पाँचौँ इन्द्रकला बेलवासेहरुलाई क्वाटर खाली गरिदिन भन्दै नगरपालिकाले साता दिनको समय दिँदै पत्र काटेको हो ।
नगरपालिका भित्र करीब १० जना संक्रमित छन् । २ जना संक्रमित आइसोलेसनमा उपचार भइरहेको छ ।