नेपाली सेनाको टोली सगरमाथा शिखरमा

नेपाली सेनाको उच्चस्तरीय टोली सगरमाथा शिखरमा पुगेको छ । आज (सोमबार) सेनाको उक्त टोली संसारकै सर्वोच्च सगरमाथाको शिखरमा पुगेको हो ।

Advertisement 1

नेपाली सेनाका कर्णेल किशोर अधिकारीको नेतृत्वमा कप्तानहरु दिपेन्द्रसिं खत्री, विष्णुबल राई र दुई जवानहरु किशोर जवेगु, शंकर कुँवरले सगरमाथा आरोहण गरेका हुन् ।

उनीहरुसँगै माउन्टेन गाइडको रुपमा भोजपुरका वोङछु शेर्पा र संखुवासभाका फुर्वा शेर्पा, फुर्वादोर्ची शेर्पा, लाक्पा शेर्पाले समेत आरोहण गरेका छन् । उनीहरू बिहान १० बजेर ५ मिनेटमा चुचुरोमा पाइला टेकेका हुन् । सेनाको टोली मंगलबार ल्होत्से आरोहणको तयारीमा छ ।

प्रकाशित :२०८० जेष्ठ १, सोमबार १३:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry