“समायोजन मिलानका लागि आएका निवदेन तोकिएको ढाँचामा भएनन्”

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन टुंग्याएको दुई बर्ष पछि कर्मचारी समायोजन तथा मिलान गर्ने प्रक्रिया प्रारम्भ गर्यो । समायोजन तथा मिलानसम्बन्धि मापदण्ड तयार गरी मन्त्रालयले समायोजन संशोधन गर्न चाहने कर्मचारीहरुसँग निवेदन आह्वान गर्यो ।
सोही मापदण्डमा टेकेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २९ माघमा एक सूचना प्रकाशित गर्दै स्वास्थ्य सेवाका कर्मचारीहरुलाई समायोजन संशोधनका लागि निवेदन आह्वान गर्यो । मनत्रलयले १ फागुनदेखि १६ गतेसम्म अनलाइनबाट आवेदन माग गरेको थियो ।
अहिले दुबै मन्त्रालयबाट एकै थरी जबाफ आउँछ समायोजन मिलानका लागि आएका निवदेन तोकिएको ढाँचामा नभएको । सामान्यमा औसत दैनिक ५० का दरले समायोजन संशोधनका लागि निवेदन आउने गरेको छ तर तोकिएको ढाँचामा नहुँदा समस्या छ ।
उस्तै समस्या छ स्वास्थ्यमा पनि । त्यहँँका प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार, अधिकांश निवेदन सहमति पत्र तोकिएको ढाँचामा आएका छैनन्।

Advertisement 1

अधिकाश निवेदन र सहमति पत्र तोकिएको ढाँचामा नआएको र आवश्यक पुरा कागजातहरु सलग्न नगरेकोले समायोजन÷मिलान सम्बन्धी अनलाइन आवेदन गर्दा आवश्यक सम्पूर्ण कागजात सहित अनलाइन आवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ।

मन्त्रालयले तोकिएको ढाँचाको निवेदन र सहमति पत्र सहित अन्य कागजात प्राप्त नभएका निवेदन कारवाही प्रक्रियामा नजाने चेतावनी दिएको छ।

Advertisement 2

स्वास्थ्य मन्त्रालयले निवदेकले समायोजन भएको र समायोजन भई जान इच्छुक भएको तहको तोकिए बमोजिम ढाँचामा सहमति पत्र र यस अघि समायोजन भएको समयोजनको पत्र पनि निवेदनका साथ पेस गर्नुपर्ने बताइएको छ।

मापदण्ड अनुसार अब प्रदेश र स्थानीय तहको सहमति अनुसार कर्मचारीहरु एक प्रदेशबाट अर्को प्रदेश, प्रदेशबाट स्थानीय तह र एक स्थानीय तहबाट अर्को स्थानीयत तहमा समायोजन तथा मिलान गर्न सकिने व्यवस्था छ।

प्रकाशित :२०७७ फाल्गुन ६, बिहीबार ०९:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry