२ करोड भ्रष्टाचार मुद्धामा डामिएका पूर्व कर्मचारी सिंहलाई सफाइ

अकुत आर्जनमा डामिएका एक पूर्व कर्मचारीले विशेष अदालतबाट सफाई पाएका छन् । २ करोड अकुतमा डामिएका नेपाल मधेशी निजामती कर्मचारी मञ्चका संस्थापक अध्यक्ष विनोद कुमार सिंह ले विशेष अदालतबाट सफाइ पाएका हुन ।

Advertisement 1

मुद्धा चलेको चार बर्ष पछि उनी सिंह र उनका परिवारले विशेष अदालतबाट सफाइ पाएका हुन ।सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ कात्तिक १९ गते उनी र उनका परिवारका सदस्यहरु सिंहकी श्रीमती गीतादेवी सिंह, छोराहरू अनुपकुमार सिंह र अचलकुमार सिंहलाई पनि प्रतिवादी बनाएर मुद्धा दायर गरेको थियो ।

२०४३ सालमा सरकारी सेवा प्रवेश गरेका सिंहले १ करोड ९१ लाख ६१ हजार ६२५ रुपैयाँ अवैध रुपमा आर्जन गरेको देखिएको अख्तियारको दाबी थियो। अख्तियारले जाँच अवधिमा सिंहको कूल ३ करोड ५१ लाख ८२ हजार ६४४ रुपैयाँ सम्पत्ति फेला परेको र जसमध्ये १ करोड ६० लाख २१ हजार १८ रुपैयाँको मात्र स्रोत खुलेको दाबी गरेको थियो।

Advertisement 2

निजामती सेवाको सहायक वन अधिकृतबाट उनले अवकाश पाएका थिए।

 

Advertisement 3

अकुत मुद्धामा विशेष अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र यमुना भट्टराईको इजलासले सिंहसहित परिवारलाई नै सफाइ दिने फैसला सुनाएको हो।
सिंह मधेशी निजामती कर्मचारी मञ्चका संस्थापक अध्यक्ष समेत हुन । उनी लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट प्रदेशसभा सदस्य उम्मेद्वारका लागि सप्तरी निर्वाचन क्षेत्र नं २ (क) बाट सिफारिस भएका अहिले उनलाई समानुपातिकतर्फ राखिएको छ ।

 

प्रकाशित :२०७९ कार्तिक १६, बुधबार ०९:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry