कमलप्रसाद भट्टराई बने सचिव, बागमतीको प्रमुख सचिवमा पदस्थापन

काठमाडौं। सरकारले सहसचिव कमलप्रसाद भट्टराईलाई सचिव पदमा बढुवा गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार उनलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिवमा बढुवा गरिएको हो।

Advertisement 1

सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै भट्टराईको बढुवाबारे जानकारी दिएका हुन्।

सरकारले सचिवमा बढुवा गरेसँगै भट्टराईलाई बागमती प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा खटाउने निर्णय पनि गरेको छ। अब उनले बागमती प्रदेश सरकारको प्रमुख प्रशासनिक नेतृत्व सम्हाल्नेछन्।

Advertisement 2

प्रदेशको प्रशासनिक व्यवस्थापन, मन्त्रालयबीच समन्वय तथा सरकारका निर्णय कार्यान्वयनमा प्रमुख सचिवको महत्वपूर्ण भूमिका रहने भएकाले भट्टराईले बागमती प्रदेशको प्रशासनिक नेतृत्व सम्हाल्ने भएका हुन्।

प्रकाशित :२०८३ भाद्र ४, बिहीबार १३:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry