राजनीतिक दल भित्रको असन्तुष्ठी र नयां नेत्तृत्वको सम्भावना

नेपालमा बहुदलीय ब्यबस्थाको पुनर्वहाली भएको पनि झण्डै ४ दशक भएछ। यस अवधिमा यहां दर्जनौ राजनीतिक दलहरूले आफ्नो भूमिका देखाए। यस अवधिमा यिनीहरूले खेलेको भूमिकाको समीक्षा गर्ने हो भने नेपालका राजनीतिक दल भित्र निम्न विशेषता देख्न पाईन्छ-
(१)- दलहरूमा राजनीतिक विचार र दर्शनको खडेरी परेको,
(२)- दलको वर्चस्व पार्टीको नेताको हितमा मात्र केन्द्रित,
(३)- प्रजातान्त्रिक संस्कारको ह्रास,
(४)- राजनीतिक ब्यबस्था संग दलहरू एकाकार हुन नसक्नु,
(५)- राजनीति सत्ता केन्द्रित हुनु,
Advertisement 1
राजनीतिका नाममा यसका नेताले खेलेका यी भूमिकाका कारण समस्त देश र जनताको मात्र नभएर सो दलका कार्यकर्ता बीच पनि यी दलका नेताहरू संग ब्यापक असन्तुष्ठी फैलिएको पाईन्छ।
राजनीतिक व्यवस्था आफैमा जीवन हैन यसलाई जीवन दिई देश र जनताको हितमा लगाउने काम ती दलका नेताहरूको हो तर हाम्रो राजनीतिक ब्यबस्थालाई यसको स्वभाव र प्रकृति अनुसार चल्न नदिएर नेताको सनक र बहुलठ्ठीपन अनुसार चलाउन खोज्नाले देश र जनताले राजनीतिक ब्यबस्थाको फल पाउन सकेका छैनन्। हाम्रा नेताले सिकेको जानेको राजनीतिक दर्शन १८औं शताब्दीको छ तर देश र जनताले २१औं शताब्दीको चाहना पूरा गर्न चाहन्छन्।
यसमा पनि अहिले त के देखियो भने कुनै पनि दलले आफ्नो सीमा रेखा कायम राख्न सकेनन् र एक आपसमा मिसिन समेत पुगेका कारण आफ्नो पहिचान गुमाएको अबस्था छ। राजनीतिक दलहरूमा देखिएको यस्तो प्रवृत्ति हाम्रो संविधानले कल्पना सम्म गरेको थिएन। यसै कारण हरेक राजनीतिक नेताको भूमिकाबाट सो पार्टीका कार्यकर्ता समेत सन्तुष्ट देखिएका छैनन्।
Advertisement 2
यस्तो तदर्थ अवस्थाबाट मुलुक चल्न सक्दैन भनेर होला विद्यमान दलमा समेत नयां नेत्तृत्त्वको खोजी हुदैछ र पुराना दलहरूको विकल्प समेत खोजिएको स्थिति छ। यसकै परिणाम स्वरूप हरेक पार्टी भित्र संस्थापन र गैर- संस्थापन समूहहरू देखिएका छन्। यो प्रवृत्ति हालै मात्र देखा परेको नभै यसको शुरूवात विगत ५ वर्ष यता देखिदै आएको हो। यसैको परिणाम स्वरूप केही स्वतन्त्र रूपमा निर्वाचित हुन पुगे भने केहीले नयां पार्टी नै खोले। जनताहरू पुरानाबाट वाक्क दिक्क भएको देखाउन आखा चिम्लेर नयांलाई मतदान गरे। हुन त नयांले पनि नयां बोत्तलमा पुरानै रक्सी भने जस्तो तिनीहरू भन्दा पनि विगति देखाए। यस्तो गन्जागोलको वातावरणमा केही गणतन्त्र विरोधीले पनि आफ्नो क्षणिक उपस्थिति देखाउने कोशिश गरे तर बिलाएर गए।
यसको अर्थ यो पनि हैन कि यहा यी नेताको विकल्प नै छैन। हामीले यी भिजनलेस नेताको बिकल्प खोज्नु पर्नेमा कता कता ब्यबस्था वा सम्विधानको विकल्प त खोजी रहेका छैनौ? यसो गर्यौ भने हामी अन्धकारमा भासिन्छौ।
Advertisement 3
राजनीतिक रूपमा देखिएको यस किसिमको अन्यौलतालाई देश भित्रैबाट सम्बोधन गरी राजनीतिक स्थीरता ल्याउन हरेक पार्टीका यूवाहरूले नेताको फेरो समाएर अर्को शब्दमा भन्नु पर्दा नेताको झोले भएर हैन कि आफ्नो कार्य- योजना लिएर अघि बढ्नुको विकल्प देखिदैन। यदि यो अस्थिरता लम्बिदै गयो भने कुनै पनि विदेशिले खडा गरिदिएको सरकारलाई स्वीकार गर्नु पर्ने अवस्था आउन सक्छ। किनभने हाम्रो राजनीतिक प्रतिरक्षा प्रणाली कमजोर हुनु भनेको विदेशीको आक्रमणको सामना गर्नु हो।
अब यो बेला हामी हरेक मतदाताले सोच्नु पर्यो कि हामीले मत दिने ब्यक्ति असल हुनु पर्यो, राजनीतिक कार्यकर्ता पनि नेताको झोले हैन बिकल्प दिन सक्ने भिजन भएको नेतालाई उभ्याउनु पर्यो। किनभने देश विकासको बाटो खन्ने भनेको राजनेताले नै हो। राजनेता अनुहारले चिनिने हैन, उसले पाएको भूमिका निर्वाह गर्ने सीपले नेतालाई राजनेताको कोटीमा लैजाने हो। नेता भने पनि राजनेता भने पनि यी नै राजनीतिक दल संग छन् तर प्रस्फुटन हुन बाकि मात्र हो। यो प्रस्फुटन हुन वातावरण चाहिन्छ र त्यो वातावरण हामी जनता र पार्टी भित्रका असल यूवाहरू मिलेर तयार गर्ने हो। नेता समयले दिन्छ र त्यो समय यति खेरै हो।