शिला शर्मा अर्थात रियल हिरो

कोरोना संक्रमणमा परेर ससुरा बुबाको मृत्यु र आफ्नै छोरा कोभिड पोजेटिभ हुँदा समेत भेरी अस्पतालको नर्सिङ अधिकृत शिला शर्मा विचलित भइनन् । छोरालाई माईतीमा छोडिन र आफू बिरामीको सेवामा अहोरात्र खटिईन । आफ्नो परिवारलाईझैं अरुको परिवारलाई प्रभावित नगरोस भनेर पनि उनी दिनरात कोभिड रोकथाममा खटिईन् । उनको व्यवस्थापकीय कार्यकुशलताकै कारण कोभिडका बिरामी बेड र अक्सिजन नपाएर फर्किनु परेन ।
Advertisement 1
र उनको टिमको प्रयासले भेरी अस्पतालले कोभिड रोकथाममा उदाहरणीय अस्पताल बन्यो । उनी भेरी अस्पतालको कोरोना फोकल पर्सनको जिम्मेवारीमा थिइन । नेपालमा कोरोना भित्रिदै थियो । नेपालगञ्ज कोरोनाको हटस्पष्ट बन्यो ।
सो महामारीमा कसरी लड्ने सरकारको तयारी सुस्त थियो । सरकारले आफ्नै निर्देशिका बनाईसकेको थिएन । उनले विश्व स्वास्थ्य संगठनको निर्देशिका हेर्दै नमुना निर्देशिका तयार गरेर लागु गरिन । नर्सहरूलाई तालिमको व्यवस्था गरिन । जताततै बेड, अक्सिजन र स्वास्थ्यकर्मीको अभाव थियो । भेरी अस्पतालमा एउटा हल मात्र कोभिडका बिरामीको लागि छुट्याईएको थियो ।
Advertisement 2
उनले ४ ओटा हल र करिडोर पनि प्रयोगमा आउने गरी विस्तार गरेर कोभिड वार्ड बनाईन् । त्यसपछि कोभिडका बिरामी बेड नपाएर फर्केर जानु परेन । उपलब्ध अक्सिजनको समुचित उपयोग होस भनेर अक्सिजन राउण्डको व्यवस्था गरिन । यसरी अहोरात्र सेवामा खटिएकी तिनै शिला इन्टीग्रिटी आइकन २०२१ बाट सम्मानित भएकी छिन् ।
बर्दियाको बर्गदागाउँमा बाबु राममणि र आमा देवा शर्मा अधिकारीको कोखबाट २०४३ सालमा जन्मिएकी शिला आफनो जिउज्यानको माया मार्दै काखे बच्चालाई घरमै छोडेर रातदिन भोकप्यास निन्द्रा, थकान नभनि पहिलो चरणको कोरोना कहरदेखि आजसम्म निरन्तर विरामीको सेवामा इमान्दारीताका साथ खटिइरहेकी छिन् ।
Advertisement 3
३६ बर्ष अघि बर्दियाको ठाकुरबाबा नगरपालिकामा जन्मिएकी हुन् उनका दिदीहरु नर्सिङ सेवामा थिए । उनले पनि दिदीहरुकै पथचाप पच्छ्याउँदै सोही पेशा रोजिन । ५८ सालपछि उनको रोजाई नर्सिङ शिक्षा पर्यो । विएन तहसम्मको अध्ययन पूरा गरिन । पाँच बर्ष अघि उनी सरकारी सेवामा प्रवेश गरेकी हुन् ।
शिलाले खजुराको कोरोना बिशेष अस्पतालमा रातदिन कोरोना संक्रमितको सेवा मात्रै गरिनन भेरीमा बिशेष अस्पताल सरेपछि दोस्रो चरणमा त उनले बिशेष अस्पतालको कमाण्ड नै सम्हालेकी थिइन । जो जिम्मेवारी अहिलेपनि उनकै काँधमा छ ।निस्वार्थ ढंगले सेवामा खटिएकी उनै शिलाको योगदानको उचित कदर नगरेर के भयो ? यस अघि शर्मालाई बारबरा फाउन्डेसन कोभिड–१९ विशिष्ट सम्मान (व्यवस्थापन÷सार्वजनिक नीति बिधा)बाट सम्मानित भइसकेकी छिन् भने उनको योगदानको कदर गर्दै अकाउन्टबिलिटी ल्याव नेपालले देशभरीबाट मनोनयनमा परेका ३३५ जनाबाट ५ जना उत्कृष्ट कर्मचारी छनौट गर्दा भेरी अस्पतालको नर्सिङ अधिकृत शिला शर्मा इन्टेग्रीटी आईकन २०२१ मा छनोट भएकी छिन् ।