एउटै जिल्लाका ३३ वडामा छैनन् वडा सचिव

डोटी जिल्लाका आदि ठाउँमा वडाहरु वडा सचिव विहिन छ । जिल्लाको ६५ वडामध्ये ३३ वडामा वडा सचिवको दरबन्दी रिक्त रहेको छ भने सायल गाउँपालिका सवै वडा सचिवको दरबन्दी रिक्त रहेको छ ।

Advertisement 1

जिल्ला सदरमुकामसमेत रहेको दिपायल सिलगढी नगरपालिकाका ४ वडामा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भट्टले जानकारी दिए । ९ वडा रहेको नगरपालिकामा वडा नम्बर ५, ७, ८, ९ सचिवविहीन छन् । वडा सचिव नभए पनि गाउँपालिकाका प्राविधिक र अन्य कर्मचारीले सेवा दिइरहेका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सुचीकारले सचिव नभएका वडामा पालिकाका प्राविधिक र करारका कर्मचारीले सेवा दिइरहेको बताए ।

बोगटान फुड्सिल गाउँपालिकाका ६ वटा वडामा सचिव छैनन् । ७ वडा रहेको गाउँपालिकामा नम्बर ३ मा मात्र वडा सचिव रहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतबहादुर चन्दले बताए ।  ७ वडा रहेको केआईसिंह गाउँपालिकामा पनि २ वडा सचिवविहीन छन् । वडा नम्बर १ र ७ मा सचिव नरहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरत परियारले जानकारी दिए ।  ७ वडा रहेको पूर्वीचौकी गाउँपालिकाका ३ वटा वडामा सचिवको दरबन्दी रिक्त छ ।

Advertisement 2

सचिव नहुँदा वडा नम्बर ३ र ७ मा १ जनाले हेरिरहेका छन् भने २ र ६ मा वडा सचिव नरहेको पालिकाले जनाएको छ ।   ७ वडा रहेको आदर्श गाउँपालिकामा पनि ३ वटा वडा सचिवविहीन छन् । वडा नम्बर ३, ५ र ७ मा वडा सचिव नरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत षडानन्द ओझाले बताए ।

११ वडा रहेको शिखर नगरपालिकामा पनि ४ वडामा सचिव छैनन् । वडामा सचिव नहुँदा एउटै व्यक्तिले २ वडा हेर्नुपर्ने बाध्यता रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुत्तोषम घिमिरेले बताए । बडीकेदार गाउँपालिकामा वडा संख्याका आधारमा सचिव छैनन् । ५ वडा रहेको गाउँपालिकामा ३ वडा सचिवविहीन छन् ।

Advertisement 3

वडा नम्बर १, २ र ४ मा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलाराज भट्टले बताए । ६ वडा रहेको जोरायल गाउँपालिकामा पनि २ वटा वडामा सचिव छैनन् । वडा नम्बर ३ र ६ मा सचिवको दरबन्दी रिक्त रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज भट्टले जानकारी दिए ।

प्रकाशित :२०८० बैशाख १२, मंगलवार ०९:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry