नापी अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार अनुसन्धान दुरुपयोग आयोगले एकै पटक ८ जनाविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको छ । कानुन विपरित्त कित्ताकाट गरेको अभियोगमा नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृतसहित ८ जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

Advertisement 1

जग्गाको नक्सा आफूखुशी जोडेको र नक्सामा नभएको क्षेत्रफललाई कानूनविपरीत कित्ताकाट गरेको भन्‍दै नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गादास महर्जनसहित, नापी अधिकृत रवि शंकर पाण्डेय र सर्भेक्षक रामनारायण यादव,तत्कालीन मालपोत अधिकृत विष्णु प्रसाद काफ्ले र नायव सुब्बा उत्‍तम कुँवर तथा झापाको कमल गाउँपालिका २ का योगेन्द्र आचार्य , काठमाडौँ कागेश्वरी मनोहरा ९ का सिताराम अधिकारी र काठमाडौँ महानगरपालिका ९ का नविन दाहालविरुद्ध विशेषमा अभियोग पत्र दायर गरेको छ ।

मूलपानी १ख कित्ता नम्बर ७०८, ७०९, ६६६ र ८१३ को कित्ताकाट गर्ने क्रममा सरकारी कागजातको रुपमा चिनिने नक्सामा अनाधिकृतरुपमा कित्ताहरुको आकारप्रकार परिवर्तन गरी नक्सा सच्याएको आरोपमा उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम मूख्य कसुरदारलाई हुने सजायसरह सजाय हुन मागदावी लिइएको अख्तियारका सहसचिव भोला दाहालले बताए ।

Advertisement 2

 

प्रकाशित :२०८० बैशाख ८, शुक्रबार १४:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry