सर्वाेच्चमा सुरक्षा व्यवस्था कडा,कस्तो आउला फैसला ?

सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा आजै फैसला सुनाउने तयारी गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी सुनुवाई सकिएलगतै सर्वोच्च अदालत वरपर व्यापक सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

Advertisement 1

निर्णय सुनाउने तयारी पछि सर्वाेच्चमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । सर्वाेच्चको निर्णय सुन्न रामशाहथमा सर्वसाधरणहरुको समेत व्यापक उपस्थिती देखिन्छ ।
सुरक्षा स्थितीलाई मध्यनजर गर्दै सर्वाेच्च परिसरमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको हो ।

 

Advertisement 2

सर्वोच्चसहित राजधानीका अधिकांश चोकमा पनि प्रहरी खटाइएको छ । सर्वोच्च वरपर प्रहरी वृत्त ७१ सिंह दरवारका डिएसपी गोविन्द पुरी,काठमाण्डौका डिएसपी पवन भट्टराई र एसपी नेत्रमणि गिरीको नेतृत्वमा प्रहरी खटाइएको छ ।

एसपी र डिएसपीको नेतृत्वमा खटाइएका प्रहरीहरुहरुमध्ये सर्वोच्च वरपर नौ जना इन्सपेक्टर छन् । थप सुरक्षाको निम्ति विभिन्न गण र भृकुटीमण्डपस्थित नगर प्रहरीबाट पनि सुरक्षाकर्मी खटाइएको छ ।

Advertisement 3

आजै फैसला आउने कि निर्णय सुनाउने मिति तोकिने भन्ने टुंगो लागेको छैन । बढ्दो सुरक्षा तैनाथी हेर्दा आजै फैसलाको तयारी भएको देखिन्छ ।

प्रकाशित :२०७९ माघ १३, शुक्रबार १६:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry