गाउँपालिकाका अध्यक्षले लगाइदिए ताला, विद्यालयको परीक्षा स्थगित

गाउँपालिकाका अध्यक्षले लगाइदिए ताला, विद्यालयको परीक्षा स्थगित
कालिकोटको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमले आफ्नो शक्ती प्रद्र्धशन गर्दौ गणेश आधारभूत विद्यालयमा ताला लगाएका छन् ।

Advertisement 1

अध्यक्ष बमले आईतबार दिउँसो ताला लगाएपछि विद्यालयको परीक्षा स्थगित भएको विद्यालयले जनाएको छ। ‘हिजो ३ बजेतिर एक्कासी आएर अध्यक्षज्यूले विद्यार्थीलाई बाहिर निकालेर विद्यालयका दुई वटा कोठामा ताल्चा लगाईदिनुभयो,’ विद्यालयका प्रधानाध्यापक सर्पानन्द न्यौपानेले भने, ‘यसको कारण के हो भन्नेबारेमा हामी नै अन्यौलमा छौं, यसले गर्दा आजदेखि सञ्चालन गर्ने भनिएको परीक्षा पनि स्थगित गरेका छौं।’

प्रधानाध्यापक न्यौपानेका अनुसार दिउँसो कक्षा कोठामा बसिरहेका कक्षा ४ र ५ का विद्यार्थीलाई बाहिर निकालेर अध्यक्ष बमले दुई वटा कोठामा ताल्चा लगाएका थिए। गाउँपालिका अध्यक्षले ताल्चा लगाईदिएपछि सोमबारदेखि सञ्चालन गर्ने भनिएको परीक्षा अब ५ गतेबाट सुरु गर्ने निर्णय भएको छ।

Advertisement 2

‘परीक्षा सञ्चालनको तयारी गरेकै बेला उहाँले ताला लगाईदिनुभयो, यसले गर्दा अब भोलि (मंगलबार) सरस्वति पूजा भयो। पाँच गतेबाट सञ्चालन गर्ने भनेका छौं,’ प्रधानाध्यापक न्यौपानेले भने।

प्रकाशित :२०७७ फाल्गुन ३, सोमबार १५:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry