एभरेष्ट बैंकको मोबाइल बैंकिङ एपबाट स्मार्ट क्युआर भुक्तानी सेवा सुरु
एभरेष्ट बैंकको मोबाइल बैंकिङ एप EBL Touch 24 मार्फत स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरूलाई भुक्तानी गर्न मिल्ने भएको छ।
Advertisement 1
बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले मोबाइल बैंकिङ एप प्रयोग गरी स्मार्ट क्युआरमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका हुन्।
यो सेवा सुरुवात भएसँगै एभरेष्ट बैंकको मोबाइल बैंकिङ एप प्रयोगकर्ताले भाटभटेनी सुपरमार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपरमार्केट, मेट्रो मार्टलगायत स्मार्ट क्युआर नेटवर्कमा आबद्ध दुईलाखभन्दा बढी मर्चेन्टहरूमा सजिलै भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।
प्रकाशित :२०८० बैशाख ५, मंगलवार ०७:१९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%