बागलुङको बडिगाड पहिरोका घाइते सबैको उद्धार

काठमाडौं। बडिगाड गाउँपालिका–१० आरुपाटामा मंगलबार खसेको पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका सबै तीन जनाको उद्धार भएको छ। उनीहरूलाई केहीबेर अघि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको हो।
Advertisement 1
स्थानीय जोगबहादुर बुढाको घर मंगलबार बिहान पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए। ४ जना अझै बेपत्ता छन्। प्रतिकूल मौसमका कारण घाइतेलाई स्वास्थ्य संस्था पु¥याउन सकिएको थिएन। नेपाली सेनाका स्वास्थ्यकर्मीले उनीहरूको उपचार गरेका थिए।
तीनजना गम्भीर घाइतेलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले जानकारी दिए। अन्य घाइतेलाई बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पु¥याइएको छ।
प्रकाशित :२०८१ श्रावण २३, बुधबार ११:४२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%