सशस्त्र प्रहरीको गोताखोरले बालिकालाई निकाल्यो २०० मिटर गहिराइबाट

कास्की जिल्लाको पोखरा महानगरपालिका-१५ स्थित सिताराम हाउजिङ नजिकै खेल मैदानमा भासिएको प्वालमा खसेकी बालिकालाई सशस्त्र प्रहरीले निकालेको छ ।

Advertisement 1

सशस्त्र प्रहरीको गोताखोरले शनिबार दिउँसो करिब २०० मिटरको गहिराइबाट बालिकालाई निकालेको हो ।पोखरा महानगरपालिका- ८ नागढुंगा की १२ वर्षीया स्मृति पराजुली खेल्ने क्रमममा प्वालमा खसेकी थिइन् ।जानकारी पाएलगलै पुगेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गण कास्कीको टोलीले उनलाई निकालेको हो ।

उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइए पनि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो ।

Advertisement 2

पोखरा–८ की स्मृति पराजुली शनिबार दिउँसो साथीहरूसँग सेती खोला नजिक खेल्न जाँदा खोँचमा खसेकी थिइन् ।

उद्धार गरी पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए पनि डाक्टरले बालिकालाई मृत घोषित गरेका थिए।

प्रकाशित :२०८० बैशाख ३, आईतवार ०७:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry