कतारका पूर्वअमिरको निधनमा आज नेपालभर राष्ट्रिय झण्डा आधा झुकाइँदै

काठमाडौं। कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति शोक व्यक्त गर्दै नेपाल सरकारले आज (असार ३० गते) देशभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।
Advertisement 1
गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै नेपाल राज्यसँग दौत्य सम्बन्ध कायम रहेको मित्रराष्ट्र कतारका पूर्वअमिरको १२ जुलाई २०२६ मा दोहामा असामयिक निधन भएको जनाउँदै शोकस्वरूप २०८३ असार ३० गते (१४ जुलाई २०२६) नेपालभरका सबै सरकारी कार्यालय तथा कतारको दोहास्थित नेपाली राजदूतावासमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको जानकारी दिएको हो।
मन्त्रालयका अनुसार नेपाल सरकारको निर्णयअनुसार सम्बन्धित सबै सरकारी निकाय तथा नेपाली राजदूतावास, दोहामा उक्त दिन राष्ट्रिय झण्डा आधा झुकाइनेछ।
Advertisement 2
नेपाल र कतारबीच लामो समयदेखि कूटनीतिक तथा श्रम सम्बन्ध कायम रहँदै आएको छ। कतारमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत रहेकाले दुई देशबीचको सम्बन्धलाई विशेष महत्वका साथ हेरिँदै आएको छ।
गृह मन्त्रालयले सम्बन्धित सबै निकायलाई सरकारको निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ।
Advertisement 3









